ओपो एफ२१ प्रो सिरिज आगामी अप्रिल १२ मा सार्वजनिक हुने

  • Technology Khabar | १७ चैत्र २०७८, बिहीबार
ओपो एफ२१ प्रो सिरिज आगामी अप्रिल १२ मा सार्वजनिक हुने

काठमाडौं ।

चिनियाँ स्मार्टफोन ब्रान्ड ओपोले आफ्नो एफ२१ प्रो सिरिज आगामी अप्रिल १२ मा सार्वजनिक गर्ने भएको छ।

गत वर्षको मार्चमा एफ१९ लाइनअप सार्वजनिक गरेको ओपोले यसैको निरन्तरतास्वरुप एफ२१ प्रो सिरिज ल्याउन लागेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

हालै ओपोको भारतीय शाखाबाट यसको आधिकारिक जानकारी आएको हो जस अनुसार एफ२१ प्रो सिरिज भारतमा अप्रिल १२ मा स्थानीय समय अनुसार साँझ ५ बजे सार्वजनिक हुनेछ।

यो लाइनअपमा एफ२१ प्रो फाइभजी तथा एफ२१ प्रो फोरजी समावेश हुने बुझिएको छ। तर यी दुवैका प्रो+ भर्सन आउने वा नआउनेबारे कुनै जानकारी नआएको जीएसएमएरिनाले उल्लर्ख गरेको छ।

प्रकाशित: १७ चैत्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार