चोरीको मोबाइलसहित इचंगुनारायणबाट एक व्यक्ति पक्राउ

  • Technology Khabar | १६ चैत्र २०७८, बुधबार
चोरीको मोबाइलसहित इचंगुनारायणबाट एक व्यक्ति पक्राउ

काठमाडौं ।

प्रहरीले भन्‍सार छली चोरीपैठारी गरेर नेपालमा ल्‍याएको मोबाइलसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका-३ इचंगुनारायण बस्‍ने २९ वर्षीय आशिक श्रेष्ठ रहेका छन् । पक्राउ पर्ने श्रेष्ठले स्वयम्भू स्थित हल चोकमा ‘ए–एस मोबाइल स्टोर’ सञ्चालन गर्दै आएको प्रहरीको भनाई छ।

प्रहरीले उनको साथबाट भिभो कम्पनीको मोबाइल १ थान, ओपो कम्पनीको मोबाइल ४ थान, सामसङ कम्पनीको मोबाइल ९ थान, रेडमी कम्पनीको मोबाइल ५ थान, आईफोन १ थान, रियलमी कम्पनीको मोबाइल ५ थान र वानप्लस कम्पनीको मोबाइल ५ थान बरामद गरेको छ।

उनलाई नेपालगंजबाट काठमाडौं आउँदै गर्दा मोबाइलसहित चेकजाँचको क्रममा पक्राउ गरिएको बताईएको छ।

पक्राउ परेका उनलाई आवश्‍यक कारबाहीका लागि अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्याल, गौचरन पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: १६ चैत्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार