शाओमी १२ प्रो नेपाली बजारमा, यस्तो छ फ्ल्यागशिप फोनको विशेषताहरु

  • Technology Khabar | १६ चैत्र २०७८, बुधबार
शाओमी १२ प्रो नेपाली बजारमा, यस्तो छ फ्ल्यागशिप फोनको विशेषताहरु

काठमाडौं ।

नेपालमा शाओमीको नयाँ प्रडक्ट शाओमी १२ प्रो द सार्वजनिक भएको छ। फ्ल्याग्शिप सिरिज शाओमी १२ अन्तर्गत शाओमी १२ प्रो लन्च गरेको हो।

शाओमी नेपालका नयाँ कन्ट्री जेनेरल म्यानेजर अमित पंडाले भने, “नयाँ–नयाँ प्रविधि र फिचर भएको फोन लिन चाहने उपभोक्ताको लागि हामीले हाम्रो फ्ल्यागशिप शाओमी १२ प्रो लन्च गरेका छौँ, आशा छ यहाँहरुले यसलाई मन पराइदिनुहुनेछ। शाओमी १२ प्रो को ५० एमपी मेन वाइड एङलको सुपेरियर ट्रिपल क्यामरा र स्न्यापड्रागन जेन १ प्रोसेसरले एकदमै उत्कृष्ट फ्ल्यागशिप अनुभव प्रदान गर्छ । यसमा डिस्प्लेमेटले ए प्लस रेटिङ गरेको एमोलेड डट डिस्प्ले छ जसले ट्रु कलर सपोर्ट गर्छ र भिडियो स्पष्टसँग हेर्न मिल्छ । साथै यसमा स्क्य्राच रेसिस्टान्ट कर्निङ गोरिल्ला ग्लास भिक्टस राखिएको हुँदा स्क्रिन कोरिने चिन्ता हुँदैन।”

शाओमी १२ प्रोबाट जस्तोसुकै अवस्थामा पनि स्टुडियोमै खिचेको जस्तै फोटो खिच्न सकिने कम्पनीको दाबी छ। यसमा भएको असाधारण एन्टर्टेन्मेन्ट एक्स्पिरियन्सले प्रयोगकर्तालाई हरेक पल राम्रो क्वालिटीमा फोटो कैद गर्न र पछिको लागि हेर्न पनि मजा आउने कम्पनीले जनाएको छ।

एट के सम्मको भिडियोहरु रेकर्ड गर्न सक्ने ५० मेगापिक्सेल वाइड एंगल मुख्य क्यामरा सहितको प्रो ग्रेड ट्रिपल क्यामराले ५० मेगापिक्सेलको मुख्य वाइड एंगल क्यामराले यसलाई आकर्षक लुक दिनुको साथै तस्बिरहरु पनि अत्यन्त राम्रो रेजोलुसनको लिन्छ।

शाओमी १२ प्रोको नेक्स्ट लेभल चार्जिङ स्पिड र सेफ्टी भएको हुँदा गर्दा यसले पूरा दिन प्रोग्रेडको सिनेम्याटिक मनोरञ्जन प्रदान गर्ने क्षमता रहेको छ।

यसको ४६०० एमएएचको ब्याट्रि बुस्ट मोडमा जम्मा १८ मिनेटमै फुल चार्ज हुन्छ । त्यसैले प्रयोगकर्ताहरुलाई ब्याट्रि र चार्जिङको कुनै समस्या हुँदैन।
यसमा ५० वाटको वायरलेस चार्जिङ र १० वाटको रिभर्स वायरलेस चार्जिङको सुविधा पनि छ । यसको अडप्टिभ चार्ज फिचरमा भएको स्मार्ट चार्जिङ एल्गोरिथ्मले ब्याट्रिको शेल्फ लाइफ पनि बढाउँछ ।

कम्पनीकाअनुसार यसको डिजाइन यस्तो तरिकाले गरिएको छ कि औसत नेपालीको हातमा यो फोन आरामसँग अट्छ। त्यसैले यसलाई पोर्टेबल पकेट–साइज स्टुडियो पनि भन्न मिल्छ । यसको स्लिम र हाइ कपासिटीको ब्याट्रि अनि सानो रिज ग्यापले फोनको स्पेस पनि मजासँग सेभ गरेको छ।

यो १२ जीबी प्लस २५६ जीबीको स्टोरेजमा नीलो र बैजनी रङमा शाओमीको आधिकारिक स्टोरहरुमा उपलब्ध रहेको छ। यसको मुल्य रु.१ लाख १४ हजार ९९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ।

प्रकाशित: १६ चैत्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार