आगामी आवदेखि पत्रकार र आमसञ्चारसम्बन्धी कार्य सूचना प्रविधिको माध्यमबाट गरिने

  • Technology Khabar | १६ चैत्र २०७८, बुधबार
आगामी आवदेखि पत्रकार र आमसञ्चारसम्बन्धी कार्य सूचना प्रविधिको माध्यमबाट गरिने
फाइल तस्बिर

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी आर्थिक वर्षदेखि पत्रकार र आमसञ्चारसम्बन्धी सबै कार्य सूचना प्रविधिको माध्यमबाट गर्ने तयारी गरिएको बताएका छन्।

नेपाल पत्रकार महासङ्घको ६७ औँ स्थापना दिवसको अवसरमा यहाँ बुधबार आयोजित ‘पत्रकार तथा सञ्चारमाध्यममा कोभिड–१९ को प्रभाव’ विषयक छलफलमा सरकारका प्रवक्तासमेत रहेका कार्कीले आगामी आर्थिक वर्षदेखि पत्रकार र आमसञ्चारसम्बन्धी सबै कार्य सूचना प्रविधिको माध्यमबाट गर्ने तयारी हुनुका साथै संसदमा छलफलका क्रममा रहेका सञ्चारसम्बन्धी विधेयकलाई अन्तिम रूप दिन छलफल भइरहेको बताएका हुन्।

‘राष्ट्रिय आमसञ्चार ऐनको मस्यौदालाई टुङ्ग्याउने विषय, राष्ट्रिय प्रशारण नियमावली पछिल्लो संशोधनबारे सरोकारवालाले उठाएका प्रश्नको विषय, पत्रकारका लागि निःशुल्क उपचार गर्ने विषय, पत्रकार कल्याण कोषको कार्यान्वयन गर्ने विषय, आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थानपना गर्ने विषय तथा मिडियाको हकहित तथा संरक्षणका लागि गर्नुपर्ने विषयका बारेमा सुझाव दिनका लागि आग्रह गर्दछु’, उनले भन‍े।

यसका साथै सरकारले ज्येष्ठ पत्रकारको जीवन यापनमा सहयोग पुर्याउने उद्देश्यले पाँच करोड ३२ लाखको पत्रकार वृद्धि कोष स्थापना गरेकोसमेत उनले जानकारी दिए।

प्रकाशित: १६ चैत्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...