ह्वावेद्वारा २०२१ को वार्षिक प्रतिवेदन जारीः बलियो सञ्चालन, भविष्यको लागि लगानी गर्दै

  • Technology Khabar | १६ चैत्र २०७८, बुधबार
ह्वावेद्वारा २०२१ को वार्षिक प्रतिवेदन जारीः बलियो सञ्चालन, भविष्यको लागि लगानी गर्दै

काठमाडौं ।

ह्वावेले गत वर्ष २०२१ को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ। सार्वजनिक प्रतिवेदनअनुसार २०२१ मा ह्वावेले ६३६.८ अर्ब युआन राजस्व संकलन गरेको देखिएको छ।

सो वर्ष कम्पनीले ११३.७ अर्ब युआन नेट प्रोफिट (खुद नाफा) कमाएको छ। जुन वार्षिक ७५.९५ ले बढेको हो। २०२१ मा कम्पनीको अनुसन्धान र विकास खर्च १४२.७ अर्ब युआन पुगेको छ । जसले यसको कुल राजस्वको २२.४ प्रतिशत प्रतिनिधित्व गर्दछ र विगत १० वर्षमा यसको कुल अनुसन्धान र विकास खर्च ८४५ अर्ब युआनभन्दा बढी भएको छ।

त्यसैगरी, कम्पनीले अनुसन्धान र विकासमा निरन्तर लगानी बढाउने योजना पनि बनाएको छ । ‘समग्रमा, हाम्रो कार्यसम्पादन पूर्वानुमानअनुरूप थियो । हाम्रो क्यारियर व्यवसाय स्थिर रह्यो, हाम्रो इन्टरप्राइज व्यवसायले स्थिर वृद्धि हासिल गर्यो र हाम्रो उपभोक्ता व्यवसाय चाँडै नयाँ डोमेनहरूमा विस्तार भयो। साथै, हामी इकोसिस्टम विकासको फास्टट्रयाकमा लागेका छौँ,’ ह्वावेका रोटेटिङ अध्यक्ष गुओ पिङले पत्रकार सम्मेलनमा भने।

ह्वावेकी सीएफओ मेंग वान्जोउले २०२१ मा राजस्वमा कमी आए पनि नाफा कमाउने र नगद प्रवाह उत्पन्न गर्ने क्षमता बढ्दै गइरहेको बताइन् । उनले आफुहरु अनिश्चितताको सामना गर्न अझ सक्षम रहेको बताइन्।

यसका प्रमुख व्यवसायहरूको बढेको नाफाका कारण सञ्चालन गतिविधिहरूबाट कम्पनीको नगद प्रवाह २०२१ मा ५९.७ अर्ब युआनले अदभुत रूपमा बढेको छ। यसको दायित्वहरुको अनुपात पनि ५७.८ प्रतिशतमा झरेको छ र यसको समग्र वित्तीय संरचना थप बलियो र लचिलो भएको छ।

२०२१ मा ह्वावेको क्यारियर व्यवसायले २८१.५ अर्ब राजस्व उत्पन्न गरेको थियो र विश्वभरका क्यारियरहरूलाई अग्रणी ५जी नेटवर्कहरू प्रयोग गर्न मद्दत गरेको छ। तेस्रो पक्ष परीक्षण परिणामहरूले पत्ता लगाएको छ कि ह्वावेद्वारा स्विट्जरल्याण्ड, जर्मनी, फिनल्याण्ड, नेदरल्याण्ड, दक्षिण कोरिया र साउदी अरेबिया लगायत १३ देशहरूमा ग्राहकहरूको लागि निर्मित ५जी नेटवर्कहरूले उत्कृष्ट प्रयोगकर्ता अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।

क्यारियर र र्पाटनरहरूसँग काम गरेर ह्वावेले औद्योगिक ५जी एप्लिकेसनहरूको लागि ३,००० भन्दा बढी व्यावसायिक सम्झौताहरू हस्ताक्षर गरेको छ । यी प्रकारका ५जी एप्लिकेशनहरू हाल उत्पादन, माइन, फलाम र स्टिल प्लान्ट, र्पोट र अस्पतालहरू जस्ता क्षेत्रहरूमा ठूलो मात्रामा व्यावसायिक प्रयोग देखिरहेका छन् ।

निरन्तर डिजिटल रूपान्तरण प्रवृतिका कारण २०२१ मा १०२.४ अर्ब युआन राजस्व उत्पन्न गर्दै ह्वावेको उद्यम व्यवसाय पनि द्रुत गतिमा बढेको थियो। गत वर्ष ह्वावेले सरकार, यातायात, वित्त, ऊर्जा र निर्माण जस्ता प्रमुख क्षेत्रहरुका लागि ११ परिदृश्य-आधारित सोलुसनहरू सुरु गरेको थियो ।

कम्पनीले कोल माइन टिम, स्मार्ट रोड टिम र कस्टम र पोर्ट टिम सहित धेरै समर्पित टिमहरू पनि स्थापना गरेको थियो जसले आफ्ना ग्राहकहरूको अझ प्रभावकारी रूपमा सेवा गर्ने तरिकामा स्रोत संयोजन गर्दछ। सात सय भन्दा बढी सहर र २६७ फर्च्युन ग्लोबल ५०० कम्पनीहरूले ह्वावेलाई आफ्नो डिजिटल रूपान्तरण साझेदारको रूपमा रोजेका छन् र ह्वावे अहिले विश्वभर ६ हजारभन्दा बढी सेवा र सञ्चालन साझेदारहरूसँग काम गर्दछ।

ह्वावेको उपभोक्ता व्यवसायले उपभोक्ताको चाहना र आवश्यकतालाई विशेष ध्यान दियो जसले कम्पनीको विश्वभरका उपभोक्ताहरूका लागि सिमलेस एआई लाइफ रणनीतिको एक भागको रूपमा, स्मार्ट, अल–कनेक्टेड युगको लागि विश्वव्यापी इकोसिस्टमको निर्माण गरेको कम्पनीको भनाइ छ।

यो व्यवसायले २०२१ मा २४३.४ अर्ब युआन राजस्व उत्पन्न गरेको थियो र स्मार्ट वेयरेबल, स्मार्ट स्क्रिन, ट्रु वायरलेस स्टेरियो (टीडब्ल्यूएस) इयरबडहरू र हुवावे मोबाइल सेवाहरू (एचएमएस) मा स्थिर रुपमा बिक्री वृद्धि जारी राखेको छ।

विशेष गरी, स्मार्ट वेरेबल र स्मार्ट स्क्रिन सेग्मेन्ट दुबैले ३० प्रतिशत बढी वार्षिक वृद्धि देखेको थियो। कुल मिलाएर २०२१ सम्म हार्मोनीओएस २२ करोड हुवावे उपकरणहरूमा प्रयोग भएको थियो जुन संसारको सबैभन्दा छिटो बढिरहेको मोबाइल उपकरण अपरेटिङ सिस्टम बन्न पुगेको छ।

गत वर्ष ह्वावेले खुला सहयोग र साझा वृद्धिका सिद्धान्तहरूमा आधारित आफ्नो ओपनयुलर, माइन्डस्पोर र हार्मोनीओएस इकोसिस्टमहरू निर्माण गर्नमा पनि ध्यान केन्द्रित गरेको थियो। ८० लाखभन्दा बढी विकासकर्ताहरूले हाल ह्वावेको खुला प्लेटफर्महरू, खुला स्रोत सफ्टवेयर र विकास उपकरणहरू, नयाँ व्यापार सिनारियोहरू र व्यापार मोडेलहरू अन्वेषण गर्न प्रयोग गरिरहेका छन्।

गुओले भने, ‘अगाडि बढ्दै जाँदा ह्वावेले डिजिटलाइजेसन, इन्टेलिजेन्ट रूपान्तरण र लो कार्बनको आफ्नो यात्रालाई अगाडि बढाउनेछ। प्रतिभा, वैज्ञानिक अनुसन्धान र एक इनोभेटिभ भावनामा भर पर्दै हामीले आधारभूत सिद्धान्त, आर्किटेक्चर, सफ्टवेयर र हाम्रो दीर्घकालीन प्रतिस्पर्धा निर्माणलाई पुनः आकार दिन लगानीलाई निरन्तर वृद्धि गर्नेछौँ।’

प्रकाशित: १६ चैत्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार