अमेरिकी स्मार्टफोन बजारमा मोटोरोला तेस्रो नम्बरमा

  • Technology Khabar | १६ चैत्र २०७८, बुधबार
अमेरिकी स्मार्टफोन बजारमा मोटोरोला तेस्रो नम्बरमा

काठमाडौं ।

अमेरिकी स्मार्टफोन बजारमा मोटोरोला तेस्रो नम्बरमा यथावत् रहन सफल भएको छ।

काउन्टरप्वाइन्ट रिसर्चका अनुसार एप्पल र सामसङपछि मोटोरोला तेस्रो नम्बरमा पुग्न सफल भएको हो।

झण्डै २ दशकदेखि मोटोरोला ब्रान्डलाई स्मार्टफोन बजारमा टिक्न निकै असहज भएको थियो। सन् २००० यता विश्व बजारमा वर्चस्व कायम गरेको यो ब्राण्ड केही समयपछि धराशायी हुन पुग्यो।

आईफोन आएपछि त यसलाई झनै असहज भयो। निकै घाटा ब्यहोरेपछि मोटोरोला २ भागमा बाँडियो।

यसले आफ्नो मोबाइल एकाई २०११ मा गुगललाई बेच्यो भने त्यसको ३ वर्षपछि यसको स्वामित्व फेरि अर्कै कम्पनीको हातमा गयो।

लेनोभोले स्वामित्व लिएपछि यसको मुख्य बजार ब्राजिल र भारत रहे भने अमेरिका पनि निकै मजबुत बजारका रुपमा रह्यो।

काउन्टरप्वाइन्टका अनुसार सन् २०२१ मा यसको बजार वार्षिक १३१ प्रतिशतको वृद्धि भयो र अमेरिकामा ४ सय डलरभन्दा मुनिको रेन्जमा यो तेस्रो नम्बरमा उक्लिन सफल रह्यो।

प्रकाशित: १६ चैत्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार