अमेरिकी सिनेटद्वारा ५२ अर्ब डलर चिप विधेयक अनुमोदन

  • Technology Khabar | १६ चैत्र २०७८, बुधबार
अमेरिकी सिनेटद्वारा ५२ अर्ब डलर चिप विधेयक अनुमोदन

काठमाडौं ।

अमेरिकी सिनेटले सोमबार सेमिकन्डक्टर चिप निर्माणका लागि ५२ अर्ब डलर छुट दिने विधेयक पुन: अनुमोदन गरेको छ।

सिनेटले ९ महिनासम्मको छलफललाई टुंगोमा पुर्याउनका लागि उक्त विधेयक अनुमोदन गरेको रोयटर्सले जनाएको छ।

६८-२८ प्रोसिड्युरल भोटले उक्त विधेयकलाई प्रतिनिधि सभामा पठाउँछ र त्यहाँ जटिल प्रक्रिया पूरा गरेपछि कन्फ्रेन्स नामको औपचारिक प्रक्रिया शुरु हुन्छ जहाँ दुवै चेम्बरका विधायकहरुले सहमतिमा पुग्ने प्रयत्न गर्दछन्।

विश्वभरी नै व्याप्त चिप अभावका कारण अटोमोटिभ तथा इलेक्ट्रोनिक्स उद्योगका उत्पादनमा असर पारिरहेका बेला केही फ्याक्ट्रीलाई चिप उत्पादन बढाउन दबाब दिने तथा सेमिकन्डक्टरका लागि अन्य देशको भर पर्न कम गर्ने उद्देश्यले उक्त विधेयक अनुमोदन गरिएको बताइएको छ।

सिनेटले पहिले गत वर्ष जुनमा चिप विधेयक पास गरेको थियो र त्यस अन्तर्गत अमेरिकी प्रविधि र अनुसन्धान मजबुत पारेर चीनसँग प्रतिस्पर्धा गर्नका लागि १९० अर्ब डलर छुट्याएको थियो।

प्रकाशित: १६ चैत्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार