
काठमाडौं ।
एचपीले भिडियो कन्फ्रेन्सिङ प्रणाली निर्माता पोलीलाई खरिद गर्ने भएको छ। कम्पनीले प्रति शेयर नगद ४० अमेरिकी डलर वा नेट ऋणसहित ३.३ अर्ब अमेरिकी डलरको कुल मूल्यमा प्राप्त गर्न निश्चित सम्झौतामा हस्ताक्षर गरेको जानकारी दिएको छ।
यो खरिदले ठूला र बढ्दो बजारहरूमा हाइब्रिड कार्य प्रणालीहरूको थप वृद्धि-उन्मुख पोर्टफोलियो सिर्जना गर्न आफ्नो रणनीतिलाई समर्थन गर्ने एचपीले बताएको छ।
पहिले प्लान्ट्रोनिक्स भनेर चिनिने पोलीको प्रत्येक शेयरको लागि एचपीले ४० डलर प्रस्ताव गरेको छ, जसले स्टकको अन्तिम बन्द मूल्यमा लगभग ५३ प्रतिशतको प्रिमियम प्रतिनिधित्व गर्दछ। कम्पनीले पोलीलाई १.७ अर्ब डलर नगद भुक्तानी गर्ने बताएको छ।
“हाइब्रिड अफिसको उदयले काम गर्ने तरिकालाई पुन: परिभाषित गर्ने एक पुस्ताको अवसर सिर्जना गर्दछ,” एचपीका प्रमुख कार्यकारी अधिकृत एनरिक लोरेसले भने।
यदि सम्झौता भंग भयो भने एचपीले पोलीलाई ६ करोड ६० लाख डलर शुल्क तिर्न आवश्यक हुनेछ।
सो खरिद लेनदेन २०२२ को अन्त्य सम्म सम्पन्न हुने अपेक्षा गरिएको छ।
प्रकाशित: १६ चैत्र २०७८, बुधबार