नयाँ क्रू ड्रागन अन्तरिक्षयान निर्माणको काम रोक्दै स्पेसएक्स

  • Technology Khabar | १६ चैत्र २०७८, बुधबार
नयाँ क्रू ड्रागन अन्तरिक्षयान निर्माणको काम रोक्दै स्पेसएक्स

काठमाडौं ।

स्पेसएक्सले आफ्नो नयाँ क्रू ड्रागन अन्तरिक्ष यान निर्माणको काममा रोकेको छ।

क्रू ड्रागन क्याप्सुल स्पेसएक्सले अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशनमा अन्तरिक्षयात्री लैजान तथा ल्याउन प्रयोग गर्ने गरेको रोयटर्सले जनाएको छ।

यसका पछाडि स्पेसएक्सले क्रू ड्रागनलाई कम्पनीको चौथो मानवयुक्त अन्तरिक्ष यात्राका क्रममा यात्रु लान र ल्याउन प्रयोग गरिने योजना रहेको बताइएको छ।

‘हामी आफ्नो अन्तिम क्याप्सुल तयार गरिरहेका छौं तर रिफर्बिश गर्ने भएकाले हामी पार्टपुर्जा बनाउन भने निरन्तरता दिनेछौं’, स्पेसएक्सका अध्यक्ष ग्वायन शटवेलले रोयटर्सलाई बताएका छन्।

क्रू ड्रागनको प्रत्येक उडानपछि उक्त यानलाई फ्लोरिडामा रिफर्बिश गर्नका लागि लगिन्छ र त्यहाँ अर्को उडानका लागि तयार पार्न हार्डवेयर परिवर्तन लगायतका कामहरु गरिन्छ।

स्पेसएक्स आफैंले भने यसबारेमा केही प्रतिक्रिया नदिएको बुझिएको छ।

प्रकाशित: १६ चैत्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...