पहिले हेरेको भिडियो थाहा पाउन ‘वाच हिस्ट्री’ फिचर ल्याउने तयारीमा टिकटक

  • Technology Khabar | १६ चैत्र २०७८, बुधबार
पहिले हेरेको भिडियो थाहा पाउन ‘वाच हिस्ट्री’ फिचर ल्याउने तयारीमा टिकटक

काठमाडौं ।

छोटा भिडियो शेयरिङ एप टिकटकले वाच हिस्ट्री फिचर परीक्षण गरिरहेको छ।

टेकक्रन्चका अनुसार आफूले पहिले हेरिसकेको भिडियो सेभ नगरे पनि खोजेर हेर्न वा डाउनलोड गर्न सहज होस् भन्ने हिसाबले यस्तो फिचर ल्याउन लागेको बुझिएको छ।

सोसल मिडिया परामर्शदाता म्याट नभाराले ट्विटर यूजर ह्याम्मद ओहले थाहा पाएको उक्त कुरा रिट्वीट गरेका हुन्।

नभाराले थुप्रै सोसल प्लेटफर्ममा आउँदै गरेका फिचरबारे खोजबिन गर्दै आएका छन्। ओह्को स्क्रीनशटले ‘वाच हिस्ट्री’ अप्शन सेटिङ्सको ‘कन्टेन्ट एन्ड एक्टिभिटी’ शीर्षक अन्तर्गत आउने देखाएको छ।

प्रकाशित: १६ चैत्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...