चीनबाट तिब्बत हुँदै आयात हुने गाडीहरुमध्ये आधा ईलेक्ट्रिक भेहिकल

  • Technology Khabar | १५ चैत्र २०७८, मंगलवार
चीनबाट तिब्बत हुँदै आयात हुने गाडीहरुमध्ये आधा ईलेक्ट्रिक भेहिकल
सांकेतिक तस्बिर

काठमाडौं ।

दक्षिण पश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रको बन्दरगाह हुँदै चीनबाट नेपालतर्फ सम्पूर्ण सवारी साधनको आयात चीन-नेपाल व्यापारको लागि नयाँ वृद्धि इन्जिनको रूपमा देखा परेको क्षेत्रीय राजधानी ल्हासाको भन्सारले जनाएको छ।

सन् २०२१ मा, ल्हासा भन्सारले १४ करोड ५० लाख युआन (लगभग २ करोड २८ लाख अमेरिकी डलर) को व्यापार मूल्य बराबर नेपालमा पठाउने चीनमा निर्मित ८०६ ओटा अटोमोबाइलहरूको निरीक्षण र परीक्षण गरेको सिन्ह्वाले रिपोर्ट गरेको छ। सो रकम वार्षिक रूपमा ७६० प्रतिशतले बढेको बताईएको छ।

चीनबाट नेपालमा भित्रिएका गाडीहरुमध्ये ४१९ ओटा नयाँ ऊर्जा सवारी साधन अर्थात ईलेक्ट्रिक भेहिकल वा हाइब्रिड इन्धनमा चल्ने किसिमका थिए, र जसमा ९७४ प्रतिशतले वृद्धि भएको भन्सार अधिकारी युआन जिन्ताओले बताए।

तिब्बतका व्यापारी ली छाओहुआले गत वर्ष आफ्नो कम्पनीले तिब्बतको बन्दरगाह हुँदै नेपालतर्फ ५०० भन्दा बढी कार निर्यात गरेको बताउँदै यो वर्ष यो संख्या दोब्बर हुने अनुमान गरिएको छ।

तिब्बत चीनबाट दक्षिण एसियासम्म पुग्ने महत्वपूर्ण स्थल मार्ग हो। कोभिड–१९ को प्रभावका बाबजुद नेपाल यस क्षेत्रको सबैभन्दा ठूलो व्यापार साझेदार बनेको छ।

ल्हासा भन्सारकाअनुसार तिब्बत स्वायत्त क्षेत्र र नेपालबीचको वैदेशिक व्यापार सन् २०२१ मा १ अर्ब ८ करोड युआन पुगेको छ, जुन वर्षकै तुलनामा ६९.४ प्रतिशतले बढेको छ।

महामारी रोकथाम र नियन्त्रणको स्थानीय अवस्थालाई ध्यानमा राख्दै, ल्हासा भन्सारले अटोमोबाइल निकासीका लागि स्पेशल सर्भिस विन्डो स्थापना गर्यो र भन्सार निकासीलाई सुव्यवस्थित गर्न विभिन्न उपायहरू अपनाएको रिपोर्टमा उल्लेख छ।

प्रकाशित: १५ चैत्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार