
काठमाडौं ।
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमति प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र राष्ट्रिय स्तरको ‘क’ वर्गको वाणिज्य बैंक एनआइसी एसियाबीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा सन्चालनको लागि सम्झौता सम्पन्न भएको छ।
राजधानीमा मङ्गलबार आयोजित विशेष कार्यक्रमकावीच स्माटच्वाईस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र एनआइ सी एसिया बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष राठीले क्यूआर सेवा सञ्चालन सम्बन्धि उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे।
यस सम्झौता पश्चात विभिन्न व्यापार-व्यवसाय गर्दै आएका व्यवसायीहरूले एनआइसी एसिया बैंकमार्फत स्मार्ट क्यूआरको सुविधा लिन पाउने भएका छन्।
इ.एम.भी स्ट्याण्डर्डमा जारी गरी फाइनान्सियल स्वीचमार्फत कारोवारको भुक्तानी तथा फछ्र्योट गर्ने भएकाले स्मार्ट क्यूआरमार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो हुने बताईएको छ।
बिगत २० वर्षदेखि बिभिन्न भुक्तानीका बिभिन्न सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र एनआइसी एसियाबीच भएको यो सहकार्यले मुलुकको समग्र अर्थतन्त्रको विकाशमा थप योगदान पुग्न जाने आशा कम्पनीहरुले गरेका छन्।
प्रकाशित: १५ चैत्र २०७८, मंगलवार