महालक्ष्मी नगरपालिकामा एकीकृत नगर सूचना प्रणाली र विद्युतीय घर नक्सा प्रणाली सुरु

  • Technology Khabar | १५ चैत्र २०७८, मंगलवार
महालक्ष्मी नगरपालिकामा एकीकृत नगर सूचना प्रणाली र विद्युतीय घर नक्सा प्रणाली सुरु

काठमाडौं ।

महालक्ष्मी नगरपालिका, ललितपुरले एकीकृत नगर सूचना प्रणाली र विद्युतीय घर नक्सा प्रणाली सुरु गरेको छ। दुवै प्रणालीको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले शुभारम्भ गरे।

महालक्ष्मी नगरपालिकाले बिल एण्ड मेलिन्डा गेट्स फाउण्डेसनको आर्थिक सहयोग एवम् वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) तथा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डसँगको सहकार्यमा सन् २०१९ देखि “नेपालमा दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धी मापदण्डको नमूना कार्यान्वयन” परियोजना सञ्चालन हुँदै आएको छ।

सोही परियोजना अन्तर्गत सरसफाइ लगायतका नगरपालिकाको अन्य तथ्याङ्क एवम् सूचनालाई सुदृढ र प्रभावकारी बनाउन एकीकृत नगर सूचना प्रणाली निर्माण गरेका हो । उक्त प्रणालीका साथै नगर क्षेत्रभित्र नव निर्माण गरिने भवनहरूको नक्सा पास प्रकृयालाई सूचना प्रविधिको प्रयोग गरी थप व्यवस्थित गर्न विद्युतीय घर-नक्सा पास प्रणाली सुरु गरिएको नगरपालिकाले जनाएको छ।

कार्यक्रममा नगर प्रमुख रामेश्वर श्रेष्ठले सूचना प्रविधिको प्रयोग मार्फत नगरपालिकाबाट प्रदान गरिने सेवालाई थप सरल, सहज र व्यवस्थित गर्ने नगरपालिकाको नीति अनुरूप उक्त प्रणालीहरूको विकास गरिएको बताए।

प्रकाशित: १५ चैत्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार