स्थानीय तहको चुनावका लागि कल सेन्टर सञ्चालनमा, फोन गरेर निशुल्क जानकारी लिन सकिने

  • Technology Khabar | १५ चैत्र २०७८, मंगलवार
स्थानीय तहको चुनावका लागि कल सेन्टर सञ्चालनमा, फोन गरेर निशुल्क जानकारी लिन सकिने

काठमाडौं ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर कल सेन्टर संचालनमा ल्याएको छ। आयोगको सो कल सेन्टर आज मंगलबारदेखि संचालनमा आएको हो।

सो कल सेन्टरबाट स्थानीय तहको चुनावको बारेमा कुनै पनि जानकारी चाहिएमा निशुल्क लिन सकिने बताईएको छ।

सो कल सेन्टरको उदघाटन प्रमुख निर्वाचन आयुक्त दिनेश प्रसाद थपलियाले एक कार्यक्रमका बिचमा गरेका छन्।

आयोगले ११०२ टोल फ्रि नम्बरमा कल गरेर नयाँ स्थापना गरिएको सो कल सेन्टरबाट जानकारीहरु निशुल्क लिन सकिने जनाएको छ।

यसको लागि आयोगले आवश्यक जनशक्ति पनि तयार पारेर अभिमुखिकरण समेत प्रदान गरिसकेको जनाएको छ।

प्रकाशित: १५ चैत्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...