मनास्लु हिमालको बेसक्याम्पसम्म तिब्रगतिको इन्टरनेट पुर्याइने, वर्ल्डलिंकले पायो जिम्मा

  • Technology Khabar | १५ चैत्र २०७८, मंगलवार
मनास्लु हिमालको बेसक्याम्पसम्म तिब्रगतिको इन्टरनेट पुर्याइने, वर्ल्डलिंकले पायो जिम्मा
वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडको कार्यालय जावलाखेलमा रहेको कम्पनीको लोगो र स्लोगन। फाइल तस्बिर

काठमाडौं ।

अब मनास्लु हिमालको ट्रेकिङ्ग क्षेत्रमा तिब्रगतिको इन्टरनेट सेवा उपलब्ध हुने भएको छ।

मनास्लुको आधारस्थल अर्थात बेसक्याम्पसम्म फाइबर इन्टरनेट सेवा प्रदान गर्न नेपाल दूरसञ्चार प्राधिकरणले वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडलाई छनोट गरेको छ।

कम्पनीले विभिन्न सेवा प्रदायकहरु बीचमा सो कार्यको लागि प्रतिस्पर्धा गराएर वर्ल्डलिंकलाई छनोट गरेर जिम्मा दिने निर्णय गरेको हो।

वर्ल्डलिंकले मनासलु क्षेत्रमा तोकिएको अवधिभित्र तिब्रगतिको इन्टरनेट सेवा जडान गर्ने र उपलब्ध गराउनुपर्ने प्राधिकरणका एक अधिकारीले जानकारी दिए।

यसको लागि प्राधिकरणले कम्पनीलाई करिब ७ करोड ९६ लाख रुपैयाँमा मनास्लु हिमालको ट्रेकिङ्ग रुटहरुसहित र बेसक्याम्पसम्म नै तिब्रगतिको इन्टरनेट पुर्याउने गरी वर्ल्डलिंकलाई जिम्मा दिएको हो।

यस बारेमा कम्पनीलाई चाँडै जानकारी दिईने र प्राधिकरणले तोकेको समयभित्र सेवा कम्पनीले पुर्याउनुपर्ने बताईएको छ।

स्मरणरहोस् नेपाल दूरसञ्चार प्राधिकरणको अनुदान रकममा सगरमाथा आधारक्षेत्रमा समेत तिब्रगतिको इन्टरनेट सेवा सञ्चालनमा रहेको छ।

प्रकाशित: १५ चैत्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...