
काठमाडौं ।
यूक्रेन युद्धका क्रममा त्यहाँका मुख्य इन्टरनेट सेवा प्रदायकहरुमाथि साइबर हमला भएको छ।
हालै देशको राष्ट्रिय दूरसञ्चार सेवा प्रदायक यूकेआरटेलिकम आफूमाथि भएको भयानक साइबर हमलापछि आफ्नो इन्टरनेट सेवालाई पुन: पहिलेको जस्तै बनाउन लागि परेको छ।
बीबीसीका अनुसार उक्त हमलापछि सैन्य प्रयोगकर्ता तथा गम्भीर संरचना जोगाउन उपभोक्तालाई पहुँचमा रोक लगाइएको उक्त कम्पनीको भनाइ छ।
ग्लोबल इन्टरनेट अनुगमनकर्ता नेटब्लकले गत महिना शुरु भएको रुस-यूक्रेन युद्धका क्रममा यूकेआरटेलिकममाथि भएको हमला निकै भयंकर भएको जनाएको छ।
नेटब्लक्सले साइबर हमलापछि उक्त संस्थाको इन्टरनेट कनेक्टिभिटीमा १३ प्रतिशतको कमी आएको बताएको छ। तर यूक्रेनका अन्य सेवा प्रदायकका इन्टरनेट प्रयोगकर्ताहरुले भने यस्तो समस्या नभोगेको बीबीसीलाई बताएका छन्।
यूकेआरटेलिकम भौगोलिक हिसाबले देशकै सबैभन्दा ठूलो र उपभोक्ताका आधारमा दोस्रो फिक्स्ड इन्टरनेट सेवा प्रदायक हो। कम्पनीले साइबर हमलाका कारण हाल आफू ८० प्रतिशत क्षमतामा मात्र काम गरिरहेको बताएको छ।
यूकेआरटेलिकमका सीईओ यूरिये कुर्माजले एक विज्ञप्तिमा आफ्ना सूचना प्रविधि पूर्वाधारमा जोडदार हमला भएको उल्लेख गरेका छन्।
प्रकाशित: १५ चैत्र २०७८, मंगलवार