विद्युतीय ट्रकको लागत उच्च रहेको अटोमेकर डेमलर ट्रकको भनाई

  • Technology Khabar | १५ चैत्र २०७८, मंगलवार
विद्युतीय ट्रकको लागत उच्च रहेको अटोमेकर डेमलर ट्रकको भनाई

काठमाडौं ।

विद्युतीय सवारी साधनको प्रयोग बढिरहेको बेलामा विद्युतीय ट्रकको पनि प्रयोग र उत्पादन बढ्दोक्रममा छ। तर विद्युतीय ट्रकको लागत निकै महंगो भएको एक अटोमेकरले जनाएको छ।

डेमलर ट्रकका प्रमुख कार्यकारीले इलेक्ट्रिक ट्रकको लागत कम्बस्टन इन्जिनहरू प्रयोग गर्ने गाडी भन्दा “सधैंको लागि बढी” हुने बताएका हुन् फाइनान्सियल टाइम्सले आइतवार रिपोर्ट गरेअनुसार युक्रेनमा रूसको आक्रमणले कच्चा मालको लागत बढेको छ।

सरकारले ब्याट्रीबाट चल्ने सवारी साधनहरूमा प्रयोग हुने अतिरिक्त सामग्रीको मूल्यमा फरक पार्न मद्दत गर्न आवश्यक भएको डेमलर ट्रकका मार्टिन डाउमले सो अखबारलाई भनेका छन्। “कुनै पनि अनुदान बिना…विद्युतीय ट्रकको मूल्य सधैं, (कम्बसन इन्जिन) ट्रक भन्दा बढी हुनेछ,” उनले भने।

प्रकाशित: १५ चैत्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार