सानिमा बैंकको भिसा कार्ड र ई-बैंकिङ प्रयोग गर्दा विभिन्न होटलमा विशेष छुट

  • Technology Khabar | १५ चैत्र २०७८, मंगलवार
सानिमा बैंकको भिसा कार्ड र ई-बैंकिङ प्रयोग गर्दा विभिन्न होटलमा विशेष छुट

काठमाडौं ।

सानिमा बैंकले र्‍याडिसन होटल, द एभरेष्ट होटल, होटल अकामा र अलफ्ट काठमाडौं ठमेलसँग होटलको सेवाहरूमा छुट दिने सम्बन्धमा सम्झौता गरेको छ।

सम्झौतासँगै अब ग्राहकहरूले सानिमा भिसा कार्ड (डेबिट/क्रेडिट) र सानिमा सजिलो ई-बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा र्‍याडिसन होटलमा १० प्रतिशत छुट, द एभरेष्ट होटलमा १५ प्रतिशत छुट, होटल अकामामा २० प्रतिशत छुट र अलफ्ट काठमाडौं ठमेलमा १५ प्रतिशत छुट पाउनेछन्। यी होटलहरूमा प्रदान गरिने विभिन्न सेवाहरूमा पनि विशेष छुट उपलब्ध हुनेछन्।

सानिमा बैंकको क्रेडिट कार्ड बैंकको वेबसाइटबाट आवेदन दिन सकिन्छ।

बैंकको देशका सातै प्रदेशमा १२६ वटा कार्यालय तथा ११४ वटा एटिएम संचालनमा छ। साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था गरिएको छ।

छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध रहेको जनाएको छ।

प्रकाशित: १५ चैत्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार