ओस्करमा बेस्ट पिक्चर अवार्ड जित्ने एप्पल टीभी प्लस पहिलो स्ट्रिमिङ सेवा

  • Technology Khabar | १५ चैत्र २०७८, मंगलवार
ओस्करमा बेस्ट पिक्चर अवार्ड जित्ने एप्पल टीभी प्लस पहिलो स्ट्रिमिङ सेवा

काठमाडौं ।

कोडा (सीओडीए) स्ट्रिमिङ सेवाबाट ओस्करमा उत्कृष्ट चलचित्रको पुरस्कार जित्ने पहिलो चलचित्र बनेको छ।

एप्पल, नेटफ्लिक्स तथा अमेजनले हलिवुडका थुप्रै पुरस्कार समारोहमा आफ्नो वर्चस्व कायम राख्न थालेकाले यो क्षेत्रमा स्ट्रिमरहरु हावी हुन थालेको आभास भएको द भर्जले उल्लेख गरेको छ।

एप्पल टीभी प्लसमार्फत् स्ट्रिम गरिएको उक्त चलचित्र एमिलिया जोन्सले भूमिका निर्वाह गरेको रुबी रस्सी नामक एउटा सुस्त श्रवण भएको परिवारको एक्लो सुन्न सक्ने सदस्यको बारेमा रहेको छ। चलचित्रमा उनले आफ्नो परिवार बाहिर जीवन खोज्न गरेको संघर्ष देखाइएको छ।

एप्पलले कोडालाई गत वर्ष सुडानी फिल्म फेस्टिभलमा प्रिमियर भएपछिको बोलकबोलमा २ करोड ५० लाख डलरमा खरिद गरेको थियो।

बेस्ट पिक्चर अवार्डबाहेक कोडाका ट्रोय कट्सुरले आफ्नो भूमिकाका लागि उत्कृष्ट सहायक अभिनेता तथा चलचित्रका लेखक-निर्देशक सियान हेडेरले बेस्ट एडाप्टेड स्क्रीनप्लेको पुरस्कार हात पारे।

प्रकाशित: १५ चैत्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...