
काठमाडौं ।
भारतमा ओला कम्पनीको एस१ प्रो इलेक्ट्रिक स्कूटरमा आगलागी भएको छ। भारतको पूणेमा भएको शनिबार भएको घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि कम्पनीले यसबारेमा मुख खोलेको थियो।
यस्तो थियो घटना
ओला एस१ प्रो इलेक्ट्रिक स्कूटरमा शनिबार भयानक आगलागी भयो र तुरुन्तै त्यसको भिडियो सोशल मिडियामा भाइरल भयो। भाइरल भिडियोमा एउटा इलेक्ट्रिक स्कूटर केही सेकेन्डभित्रै जलेर खरानी भएको देखिएको छ।
यो घटना भारतको महाराष्ट्रमा रहेको पूणेस्थित लोहेगाऊँको भएको बीजीआर डट आइएनले उल्लेख गरेको छ।
केही सेकेन्डको उक्त भाइरल भिडियोमा ओला एस१ प्रो एउटा सडकको किनारामा राखिरहेको बेला अचानक आगलागी भएको देखिन्छ।
Ola S1 Pro Caught Fire in Maharashtra. The vehicle already has temperature management issues as reported by many YouTubers and auto experts. #OlaS1 #OLAFIRE #olas1pro #evfire #ev #bhash @OlaElectric @bhash @varundubey pic.twitter.com/KLFTCnoVAV
— Manjunatha M (@nileshj100) March 26, 2022
हेर्दा हेर्दै उक्त स्कूटरमा आगो सबैतिर फैलिएर हुर्हुरी बल्न थाल्यो। त्यसमा रहेका पार्टपुर्जाहरु पनि पड्किन थाले र सडकमा वरिपरि निकै धुवाँ फैलियो।
नजिकै रहेका व्यक्तिहरुले उक्त घटनाको भिडियो बनाएर सोशल मिडियामा अपलोड गरदिए। त्यसको केही बेरमै उक्त भिडियो भाइरल भयो र कम्पनीले यसका बारेमा आफ्नो भनाइ राख्न बाध्य भयो।
कम्पनीले आफूले उत्पादन गरेको इलेक्ट्रिक स्कूटरमा आगलागी भएको स्विकार्दै यसको कारण पत्ता लगाउन अध्ययन भइरहेको बताएको छ।
प्रकाशित: १४ चैत्र २०७८, सोमबार