
काठमाडौं ।
संयुक्त राष्ट्रसंघले पृथ्वीमा रहेका सबैका लागि मौसम पूर्वसूचना प्रणाली विस्तार गर्ने भएको छ।
राष्ट्रसंघले पृथ्वीमा बस्ने हरेक व्यक्तिले कुनै पनि मौसमी प्रकोपअघि पूर्व सूचना पाउन् भन्ने उद्देश्यले यस्तो व्यवस्था गर्न लागेको र आगामी ५ वर्षभित्र उक्त लक्ष्य पूरा गरिसक्ने लक्ष्य लिएको द भर्जले जनाएको छ।
‘जलवायु परिवर्तनले मौसमलाई अझ खराब बनाउने भएकाले आकस्मिक अवस्थामा ज्यान जोगाउन मौसम पूर्व सूचना प्रणाली अत्यावश्यक छ’, राष्ट्रसंघका अधिकारीले भने।
प्रकाशित: १४ चैत्र २०७८, सोमबार