एप्पलले आईफोन र एयरपड्स उत्पादनमा कटौती गर्ने- रिपोर्ट

  • Technology Khabar | १४ चैत्र २०७८, सोमबार
एप्पलले आईफोन र एयरपड्स उत्पादनमा कटौती गर्ने- रिपोर्ट

काठमाडौं ।

युक्रेन युद्ध र बढ्दो मुद्रास्फीतिले उपभोक्ता इलेक्ट्रोनिक्सको माग घटाउन थालेको पहिलो संकेतमा एप्पलले मूल योजनाभन्दा अर्को त्रैमासिकमा लगभग २० प्रतिशत कम आईफोन एसई उत्पादन गर्ने योजना बनाएको छ।

एप्पलको आईफोन एसई उत्पादन कटौती विषयमा जानकार स्रोतहरूलाई उदृत गर्दै निकाई एशियाले रिपोर्टमा उल्लेख गरेको छ।

एप्पलले आईफोन एसईलाई आफ्नो पहिलो ५जी सक्षम बजेट फोनको रूपमा तीन हप्ता भन्दा कम अघि लन्च गरेको थियो तर अब धेरै आपूर्तिकर्ताहरूलाई यो त्रैमासिकको लागि उत्पादन अर्डरहरू २० लाखदेखि ३० लाख युनिटले घटाउने लक्ष्य राखेको छ। जसमा कम्पनीको अपेक्षा भन्दा कमजोर मागलाई देखाईएको छ।

अमेरिकी टेक दिग्गजले आफ्नो एयरपड्स इयरफोनको अर्डरलाई पनि २०२२ को लागि १ करोड भन्दा बढी एकाइले घटायो, किनकि कम्पनीले न्यून मागको भविष्यवाणी गरेको थियो र इन्भेन्ट्रीहरूको स्तर घटाउन चाहन्थे।

कम्पनीले २०२१ मा लगभग ७ करोड ६८ लाख इकाइ एयरपडहरू पठाएको काउन्टरप्वाइन्ट रिसर्च डेटाले देखाएको छ, तर सन् २०२२को लागि समग्र ढुवानीमा गिरावट देख्न सक्ने रिपोर्टमा बताईएको छ।

एप्पलले आपूर्तिकर्ताहरूलाई अघिल्लो योजनाको तुलनामा सम्पूर्ण आईफोन १३ दायराको २० लाख कम एकाइहरू बनाउन पनि भन्यो, तर यो समायोजन मौसमी मागमा आधारित थियो।

एप्पलको कदमले पछिल्लो समय रूस-युक्रेन युद्धको सुरुवात पछि प्रविधि उद्योगमा बढ्दो दबाबलाई रेखांकित गर्दछ, जसले वर्षौंदेखि चिपको अभावलाई जटिल बनाएको छ । यसले गर्दा स्मार्टफोनदेखि पीसीसम्म अटोमोबाइल्ससम्मका उद्योगहरूलाई असर पुर्याएको छ।

अमेरिका र ईयूदेखि जापान, दक्षिण कोरिया र ताइवानसम्मका धेरै सरकारहरूले युक्रेनमाथिको आक्रमणलाई लिएर रुसको विरुद्धमा आर्थिक प्रतिबन्ध लगाएका छन् र तेल, ऊर्जा र कच्चा पदार्थको बजारमा उथलपुथलले आपूर्ति श्रृङ्खला हल्लिएको छ।

बढ्दो मुद्रास्फीतिले मानिसहरूको जीवनयापनको लागतलाई थप जोखिममा पार्छ र उपभोक्ता इलेक्ट्रोनिक्स उत्पादनहरूको मागमा चिन्ता पैदा गर्दछ।

प्रकाशित: १४ चैत्र २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार