ट्विटरले मार्च २८ बाट ‘ह्यालो’ वाच पार्टी आयोजना गर्ने

  • Technology Khabar | १४ चैत्र २०७८, सोमबार
ट्विटरले मार्च २८ बाट ‘ह्यालो’ वाच पार्टी आयोजना गर्ने

काठमाडौं ।

ट्विटरले मार्च २८ देखि ह्यालो वाच पार्टी आयोजना गर्ने भएको छ।

प्यारामाउन्ट+ को आफ्नो सेवाको महत्वपूर्ण शो का रुपमा रहेको ट्विटर वाच पार्टी आगामी मार्च २८ देखि शुरु हुने बुझिएको छ।

ट्विटर र प्यारामाउन्ट+ ले सहकार्यमा ह्यालो टीभी सिरिजका लागस वाच पार्टीको श्रृङ्खला नै चलाउन लागेको हो जसमा फ्यानहरुले एपिसोडहरुका बारेमा छलफल गर्न सक्नेछन्।

आधिकारिक एकाउन्टमा प्रि-शो का रुपमा गत २५ मार्चदेखि शुरु भएको उक्त वाच पार्टीको पहिलो शो मार्च २८ सोमबार अपराह्न ४ ईटीबाट शुरु हुने इन्ग्याजेटले उल्लेख गरेको छ।

यो सिरिज आगामी मे २० सम्म चल्ने बताइएको छ।

प्रकाशित: १४ चैत्र २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार