
काठमाडौं ।
विश्व एप बजारमा सन् २०२२ को पहिलो त्रैमासमा ३३ अर्ब डलर बराबरको ३७ अर्ब डाउनलोड भएका छन्। यो आँकडा हालै आईओएस तथा एन्ड्रोइड इकोसिस्टमममा गरिएको विश्लेषणबाट पत्ता लागेको हो।
यसअघि एपएनन्का नामले चिने डाटा डट एआईको रिपोर्ट अनुसार यो आँकडा वार्षिक रुपमा ११ प्रतिशतको वृद्धिसहितको आँकडा भएको टेकक्रन्चले उल्लेख गरेको छ।
यो अवधिमा सबैभन्दा धेरै एप भारत, अमेरिका तथा ब्राजिलमा डाउनलोड भएका थिए भने त्रैमासिक हिसाबले सबैभन्दा धेरै एप भने मेक्सिको, टर्की तथा ब्राजिलमा डाउनलोड गरिएको तथ्याङ्क छ।
पहिलो त्रैमासमा उपभोक्ताहरुको खर्चमा पनि वृद्धि भएको पाइएको छ। यो अवधिमा ३३ अर्ब डलर बराबरको कारोबार भएको र यो एपका लागि कुनै त्रैमासमा खर्च गरिएको हालसम्मकै सबैभन्दा धेरै रकम भएको पाइएको छ।
यसमध्ये आईओएसले ६५ प्रतिशत हिस्सा ओगटेको र यो आँकडा २ वर्षअघिको तुलनामा ४२ प्रतिशतले बढेको टेकक्रन्चले जनाएको छ।
प्रकाशित: १३ चैत्र २०७८, आईतवार