वनप्लस १०आर को पूर्ण विवरण लीक, डाइमेन्सिटी ८१०० चिपसेट रहने

  • Technology Khabar | १३ चैत्र २०७८, आईतवार
वनप्लस १०आर को पूर्ण विवरण लीक, डाइमेन्सिटी ८१०० चिपसेट रहने

काठमाडौं ।

चिनियाँ स्मार्टफोन ब्राण्ड वनप्लसको आउँदै गरेको वनप्लस १०आरको पूर्ण विवरण लीक भएको ‍छ।

यो डिभाइस यसै वर्षको दोस्रो त्रैमासभित्र आउन सक्ने बुझिएको छ। वनप्लस आफैले १०आरका बारेमा केही जानकारी बाहिर नल्याए पनि अनलाइनमा यसका बारेमा पूर्ण विवरण लीक भइसकेको छ।

बाहिर आएका जानकारी अनुसार वनप्लस १०आरमा डाइमेन्सिटी ८१०० चिपसेटका साथै एन्ड्रोइड १२ मा आधारित अक्सिजनओएस १२ रहनेछ।

यस्तै यो स्मार्टफोनमा ८ देखि १२ जीबी एलपीडीडीआर५ र्याम तथा १२८ देखि २५६ जीबीसम्म यूएफएस ३.१ आन्तरिक स्टोरेज रहने जीएसएमएरिनाले उल्लेख गरेको छ।

१२० हर्ज रिफ्रेश रेटसहितको ६.७ इन्च फुल एचडी+ ई४ एमोलेड डिस्प्ले रहने यो डिभाइसमा १६ मेगापिक्सेलको सेन्टर पन्चहोल सेल्फी क्यामरा रहनेछ। पछाडिपट्टि भने ५० मेगापिक्सेलको सोनीको आईएमएक्स७६६ सहित ट्रिपल क्यामरा सेटअप रहने बुझिएको छ।

यो डिभाइस ४५०० एमएएचको १५० वाट चार्जिङ सपोर्ट तथा ५००० एमएएचको ८० वाट चार्जिङ सपोर्टसहितको ब्याट्रीयुक्त दुई भेरियन्टको रहनेछ।

प्रकाशित: १३ चैत्र २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...