दूरसञ्चार क्षेत्रको साइबर सुरक्षाका लागि सफ्टवेयर खरिद गर्दै दूरसञ्चार प्राधिकरण

  • Technology Khabar | १३ चैत्र २०७८, आईतवार
दूरसञ्चार क्षेत्रको साइबर सुरक्षाका लागि सफ्टवेयर खरिद गर्दै दूरसञ्चार प्राधिकरण

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार क्षेत्रको सर्ट कार्यदलका लागि सप्लाइ सेक्युरिटी इन्फर्मेशन एन्ड इभेन्ट म्यानेजमेन्ट तथा सेक्युरिटी अर्केश्ट्रेशन अटोमेशन एन्ड रेस्पोन्स सफ्टवेयर उपलब्ध गराउनका लागि बोलपत्र आह्वान गरेको छ।

प्राधिकरणले आह्वान गरेको उक्त बोलपत्र अनुसार इच्छुक संस्थाले १० वर्षसम्म प्रत्येक सफ्टवेयरको आपूर्ति, डेलिभरी, इन्स्टलेशन, परीक्षण तथा इन्टिग्रेशन गर्नुपर्ने र त्यसका लागि ८ करोड ५० लाख रुपैयाँ छुट्याइएको बताएको छ।

ती दुवै सफ्टवेयरहरु दूरसञ्चार क्षेत्रका लागि गठित टेलिकम्युनिकेशन सर्ट (साइबर इमर्जेन्सी रेस्पोन्स टिम) कार्यदलको सुरक्षाका लागि जडान गर्न लागिएको हो।

यसमा सहभागी हुनका लागि कुनै पनि संस्थाको पछिल्लो १० वर्षभित्र उत्कृष्ट ३ वर्षको न्यूनतम औसत वार्षिक कारोबार साघे ३ करोड रुपैयाँ बराबरको हुनुपर्ने सूचनामा उल्लेख छ।

योग्य कम्पनीले प्राधिकरणको कार्यालय जमलमा उपस्थित भई खामबन्दी वा www.bolpatra.gov.np/egp मा आगमी ९ मे २०२२ मध्याह्न १२ बजेभित्र बुझाइसक्नुपर्ने र बोलपत्र भने त्यसैदिन दिउँसो १२:३० बजे कार्यालमै खोलिने पनि बताइएको छ।

*तस्बिर फरक परेको हुँदा सच्याईएको छ -सम्पादक

प्रकाशित: १३ चैत्र २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार