अनलाइन मिडियालाई पनि लोककल्याणकारी विज्ञापन उपलब्ध गराइने

  • Technology Khabar | १३ चैत्र २०७८, आईतवार
अनलाइन मिडियालाई पनि लोककल्याणकारी विज्ञापन उपलब्ध गराइने

काठमाडौं ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अब अनलाइन समाचारमाध्यमलाई पनि लोककल्याणकारी विज्ञापन उपलब्ध गराइने बताएका छन्।

सञ्चार गृहका रूपमा व्यवस्थित तरिकाले चलाइएका अनलाइन सञ्चारमाध्यमलाई वर्गीकरण गरेर लोककल्याणकारी विज्ञापन उपलब्ध गराउन काउन्सिलले अध्ययन थालेको उनले बताए।

तिलोत्तमा मिडिया क्लबको दोस्रो साधारण सभा तथा पहिलो अधिवेशनको अवसरमा शनिबार रुपन्देहीको तिलोत्तमामा आयोजना गरको कार्यक्रमलाई सम्बोधन गर्दै काउन्सिल अध्यक्ष बस्नेतले यस्तो बताए।

उनले सरकारी सञ्चारमाध्यमलाई कार्यकर्ता भर्ति केन्द्र जस्तो बनाइएको भन्दै श्रमजीवी पत्रकारको अपमान हुने गरी पत्रकारलाई चाहेको बेला हटाउने प्रवृत्ति पनि घातक रहेको उल्लेख गरे। गोरखापत्रबाट

प्रकाशित: १३ चैत्र २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

MAW Vriddhi announces nationwide Mega Exchange Carnival from 12th to 14th Chaitra

  • Technology Khabar
  • १३ चैत्र २०७८, आईतवार