गुगल पिक्सेल ७ र पिक्सेल ७ प्रोका साथमा पिक्सेल वाच पनि लन्च गर्न सक्ने

  • Technology Khabar | १३ चैत्र २०७८, आईतवार
गुगल पिक्सेल ७ र पिक्सेल ७ प्रोका साथमा पिक्सेल वाच पनि लन्च गर्न सक्ने
रेन्डर तस्बिर

काठमाडौं ।

गुगलको स्मार्टवाचको नाम गुगल पिक्सेल वाच हुन सक्छ, जुन यसै वर्ष अक्टोबरमा हुने गुगल इभेन्टमा लन्च गर्न सक्नेछ। एक टिपस्टर जोन प्रोसरले आफ्नो एक ट्वीटमा यो जानकारी दिएका छन्। टिपस्टरले अक्टोबरमा हुने कार्यक्रममा गुगलले आफ्नो स्मार्टवाच अर्थात् गुगल पिक्सेल वाच र गुगल पिक्सेल ७ सिरिज लन्च गर्न सक्ने दाबी गरेका छन्।

यस बाहेक गुगलले पिक्सेल ६ए यहि मे ११ र १२ मा लन्च गर्न सक्नेछ।

पिक्सेल ६एको बारेमा जानकारी दिँदै, टिपस्टर जोन प्रोसरले आफ्नो ट्वीट मार्फत  गुगलले अक्टोबरमा गुगल पिक्सेल ७, पिक्सेल ७ प्रो साथै गुगल पिक्सेल वाच लन्च गर्न सक्ने बताए। यस बाहेक टिपस्टरले पिक्सेल ६ए को बारेमा पनि जानकारी दिएका छन्, जुन चाँडै लन्च हुन लागेको छ।

टिपस्टर जोन प्रोसरका अनुसार, गुगलले मे ११ र १२ मा गुगल आई/ओ २०२२ मा अनलाइन कार्यक्रम आयोजना गर्न लागेको छ। यस इभेन्टमा, गुगलले गुगल पिक्सेल ६ए लन्च गर्न सक्छ।

टिपस्टरले यो फोन जुलाई २८ सम्ममा धेरै क्षेत्रमा उपलब्ध गराइने दाबी गरेको छ। लीक रिपोर्ट अनुसार पिक्सेल ६एको डिजाइन पिक्सेल ६ र पिक्सेल ६ प्रो जस्तै हुन सक्छ। यो फोनले मेसिन लर्निङमा आधारित टेन्सर चिपसेटमा पनि काम गर्न सक्छ।

प्रकाशित: १३ चैत्र २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार