
काठमाडौं ।
युक्रेनको डिजिटल ट्रान्फरमेसन मन्त्रालयले आफ्नो सेनालाई आर्थिक सहयोग गर्न एनएफटी कलेक्सन सुरु गरेको छ। परियोजना पहिलो पटक मार्चको शुरुमा घोषणा गरिएको थियो, तर “मेटा हिस्ट्री म्यूजियम अफ वार” भनिने एनएफटी संग्रह अहिले लाइभ भएको छ।
सङ्ग्रहको अर्थ युक्रेनमा रूसको आक्रमणको इतिहासलाई दस्तावेजीकरण गर्ने “एनएफटी संग्रहालय” भएको इन्ग्यागेटले रिपोर्ट गरेको छ।
सङ्कलनमा हाल युद्धको पहिलो तीन दिनका घटनाहरूको दस्तावेजीकरण गर्ने ५४ एनएफटीहरु समावेश गरिएको छ। यसको इलुस्ट्रेसनहरू युक्रेनी र अन्तर्राष्ट्रिय कलाकारहरूद्वारा गरिएका थिए, र प्रत्येकले आक्रमणको केही पक्ष र यसमा विश्वको प्रतिक्रियाको दस्तावेजीकरण गर्ने विषयलाई सन्दर्भ गर्दछ।
“प्रत्येक एनएफटीको सूत्र स्पष्ट र सरल छ: प्रत्येक टोकन आधिकारिक स्रोतबाट वास्तविक समाचार टुक्रा हो र युक्रेनी र अन्तर्राष्ट्रिय दुवै कलाकारहरूबाट गरिएको चित्रण हो,” युक्रेनको डिजिटल ट्रान्फरमेसन मन्त्रालयले यसको मेटा हिस्ट्री म्युजियम अफ वार वेबसाइटमा लेखेको छ, “एनएफटीहरू घटनाक्रम अनुसार, कालानुक्रमिक क्रममा बनाइनेछ ताकि साँचो इतिहास सुरक्षित र सम्मानित हुनेछ।”
एनएफटी परियोजना युक्रेनले आफ्नो रक्षा कोषको लागि डिजिटल सम्पत्तिहरूमा परिणत गरेको सबैभन्दा नयाँ तरिका हो। युक्रेनले यी एनएफटीहरुको बिक्रीबाट आएको रकम सेनाको लागि आर्थिक सहयोग गर्न खर्च गर्ने बताईएको छ।
युद्ध सुरु भएदेखि देशले क्रिप्टोकरेन्सी चन्दामा १० करोड डलर भन्दा बढी सङ्कलन गरेको छ, र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भर्खरै आधिकारिक रूपमा क्रिप्टो उद्योगलाई वैध बनाउने विद्येयकमा हस्ताक्षर गरेका छन्।
प्रकाशित: १३ चैत्र २०७८, आईतवार