
काठमाडौं ।
गुगलले रुसका प्रयोगकर्ताहरुले गुगल न्यूजको सेवाहरुमा पहुँच नपाएको बताएको छ।
यूक्रेनमाथिको हमलापछि रुसले पश्चिमी इन्टरनेटमाथि सेन्सर गरिरहेकोमा गुगल न्यूजमाथि पनि प्रतिबन्ध लगाएको हुनसक्ने अल्फाबेटलाई उद्धृत गर्दै टेकक्रन्चले उल्लेख गरेको छ।
यसअघि इन्टरफ्याक्स न्यूज एजेन्सीले रुसको इन्टरनेट नियामक रोस्कम्नाड्जोरले गुगल न्यूजको सेवामाथि प्रतिबन्ध लगाएको समाचार लेखेकोमा त्यसैको आधारमा अल्फबेटको आधिकारिक धारणा आएको बुझिएको छ।
‘केही मानिसहरुले गुगल न्यूज एप तथा वेबसाइटको पहुँचमा समस्या भोगिरहेको जानकारी पाएका छौं र यो कम्पनीको कुनै प्राविधिक कारणले नभएको हामीले पक्का गरेका छौं’, गुगलका एक प्रवक्ताले बताए।
अल्फाबेटले रुसका जनताले गुगल न्यूज लगायतका समाचारमूलक सेवाहरु सकेसम्म पहुँच गर्न सक्ने व्यवस्थामा जुटेको पनि प्रस्ट पारेको छ।
प्रकाशित: १२ चैत्र २०७८, शनिबार