प्लेस्टोरबाट मुभिज एन्ड टीभी सेक्सन हटाउँदै गुगल

  • Technology Khabar | १२ चैत्र २०७८, शनिबार
प्लेस्टोरबाट मुभिज एन्ड टीभी सेक्सन हटाउँदै गुगल

काठमाडौं ।

गुगलले प्लेस्टोरबाट मुभिज एन्ड टीभी एप हटाउने भएको छ।

कम्पनीले गत वर्षमात्रै आफ्नो टीभी एपलाई स्ट्रिमिङ हबका रुपमा रिडिजाइन गरेको थियो।

यही एप भविष्यमा चलचित्र तथा टीभी शोहरुका लागि गुगलको आधिकारिक प्लेटफर्म बन्ने र यसैमार्फत् ती सामग्रीहरु किन्न वा भाडामा लिन सकिने इन्ग्याजेटले जनाएको छ।

यस्ता चलचित्र तथा टीभी शोहरु गुगल प्लेस्टोरमार्फत् पनि किन्न र हेर्न सकिने सुविधा उपलब्ध हुँदै आएकामा आगामी मे महिनादेखि गुगलले प्लेस्टोरमा रहेको मुभिज एन्ड टीभी एप हटाउने भएको हो। अब प्लेस्टोरमार्फत् एप, गेम तथा पुस्तकहरुमात्र बिक्री हुने पनि बताइएको छ।

अब यसमार्फत् किनिएका सबै कुराहरु लाइब्रेरी ट्याबमा पाइने र त्यहाँबाट स्ट्रिम वा डाउनलोड गर्न सकिने इन्ग्याजेटले उल्लेख गरेको छ।

यो एप हटे पनि एपभित्र कारोबारका लागि प्ले क्रेडिट तथा प्ले गिफ्ट कार्ड प्रयोग गर्न मिल्ने, परिवारका सदस्यलाई शेयर गर्न मिल्ने र गुगल प्ले प्वाइन्टका लागि पनि योग्य हुने समाचारमा उल्लेख छ।

प्रकाशित: १२ चैत्र २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • १२ चैत्र २०७८, शनिबार

NOC from Nagarik App

  • १२ चैत्र २०७८, शनिबार

E-pension verification system launched

  • १२ चैत्र २०७८, शनिबार