सीजीको “सीजी स्मार्ट होम, नयाँ वर्षको सुरुवात” स्कीम सार्वजनिक

Technology Khabar १२ चैत्र २०७८, शनिबार

काठमाडौं ।

इलेक्ट्रोनिक्स ब्राण्ड सीजीले नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै “सीजी स्मार्ट होम, नयाँ वर्षको सुरुवात” नामक नयाँ वर्षको स्कीम बजारमा ल्याएको छ।

यस स्कीम अन्तर्गत अब ग्राहकहरूले सीजी ब्रान्डका विभिन्न इलेक्ट्रोनिक्स् सामानहरूको खरिदमा ४९ हजार ९ सयसम्मको आकर्षक क्यास ब्याक तथा अन्य विभिन्न पक्का उपहारहरू प्राप्त गर्न सक्नेछन्।

उक्त स्कीम अन्तर्गत ग्राहकहरूले सीजी ब्राण्डका ५५ इन्च वा सो भन्दा माथिका टिभीको खरिदमा ५ हजार १९० बराबरको आकर्षक सीजीको स्पीकर र ५० इन्च सम्मका टिभीको खरिदमा आकर्षक क्यास ब्याक प्राप्त गर्नेछन्।

त्यसैगरी “मल्टी डोर साईड बाइ साईड रेफ्रिजेरेटरहरूको खरिदमा ४ हजार ६४० मूल्य बराबरको आकर्षक सीजीको इन्डक्सन चुल्हो प्राप्त गर्नेछन् ।

सीजी ब्राण्डका डबल डोर रेफ्रिजेरेटरको खरिदमा भने १ हजार ५५० बराबरको सीजी भ्याकुम फ्लास्क” र सिङ्गल डोर रेफ्रिजेरेटरको खरिदमा आकर्षक क्यास ब्याक उपहार प्राप्त गर्नेछन्।

यसैगरी, सीजी ब्राण्डका फ्रन्टलोड वाशिङ मेशिनहरूको खरिदमा ६ केजी एरियल पाउडर, सेमी अटोमेटिक तथा टप लोडिङ वाशिङ मेशिनको खरिदमा २ केजी एरियल पाउडर र स्टीम वाश डिशवाशरको खरिदमा डिशवाशर किट प्राप्त गर्नेछन्।

सीजी ब्राण्डका मल्टी मिडिया, साउन्ड बार र ट्रली जस्ता अडियो सिस्टमका खरिदमा आकर्षक क्यास ब्याक र माइक्रो ओभनको खरिदमा ग्राहकहरूले खाना पकाउने आकर्षक सामाग्रीहरू प्राप्त गर्ने छन् ।

यो स्कीम अन्तर्गत सीजी ब्राण्डका फ्लोर स्ट्यान्डिङ र सिलिङ क्यासेट र स्प्लीट वाईफाई इन्भर्टर एसीका खरिदमा ४ हजार बराबरको निःशुल्क जडान सेवा र चेस्ट फ्रिजर, एयर कुलर, भ्याकुम क्लीनरका खरिदमा आकर्षक क्यास ब्याक उपहार प्राप्त गर्ने छन्।

यो योजना कम्पनीले चैत १० गते देखि देशभरमा सिमित अवधिका लागि लागू गर्ने कम्पनीले जनाएको छ।

प्रकाशित: १२ चैत्र २०७८, शनिबार

तपाइको प्रतिक्रिया