
काठमाडौं ।
शाओमीले हालै विश्व बजारमा लन्च भएको शाओमी १२ सिरिजको फोन शाओमी १२ प्रो नेपाली बजारमा प्रि बुकका लागि उपलब्ध गराएको छ। कम्पनीले आजदेखि बजारमा आउँदो १५ गतेसम्मका लागि प्रिबुक गर्न सकिने जानकारी दिएको छ।
शाओमी नेपालले शाओमी १२ प्रोको प्रि बुक गर्ने ग्राहकलाई तत्कालको रुपमा ५ हजार रुपैयाँ तत्काल छुट दिनेछ । यस बाहेक कम्पनीले ब्लूटूथ ईयरफोन वा ब्लूटूथ पोर्टेबल स्पीकर मध्ये कुनै एक छनौट गर्ने सुबिधा समेत दिएको छ।
शाओमीले नेपाली बजारमा आफ्नो फ्ल्यागशिप स्मार्टफोनको मूल्य १ लाख १४ हजार ९९९ रुपैयाँ तोकेको छ। कम्पनीले नेपालमा भित्र्याएको फ्ल्यागशिप स्मार्टफोनहरु मध्ये संभवत पहिलो पटक १ लाख रुपैयाँ भन्दा बढि मूल्य राखेको छ।
शाओमी १२ प्रो मा स्न्यापड्रागन ८ जेन१ चिपसेट राखिएको छ भने यसमा दोस्रो जेनेरेशनको कम पावर खपत गर्ने विश्वकै पहिलो २के स्क्रीन राखिएको छ। यसबाहेक यो डिभाइसमा सोनीको आईएमएक्स७०७ सेन्सर तथा हर्मन कार्डन स्पीकर पनि उपलब्ध छ।
फोटोग्राफीका लागि ट्रिपल क्यामरा सेटअप रहेको छ। जसमा तीनओटै क्यामराहरु ५० मेगापिक्सेलको छ। ड्यूल लेड ड्यूल टोन फ्ल्याशसहितको क्यामराले ८के भिडियो खिच्न सक्दछ। त्यसैगरी सेल्फीका लागि ३२ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ।
शाओमी १२ प्रोमा ८ जीबी र १२ जीबी र्याम हुनेछ भने आन्तरिक स्टोरेज १२८ र २५६ जीबी रहेको छ। फोनमा ६.७३ इन्चको एमोलेड डिस्प्ले राखिएको छ भने एचडीआर प्लस १२० हर्ज स्क्रीन रेसियो छ।
नेपाली बजारमा भने कम्पनीले १२ जीबी र्याम र २५६ जीबी स्टोरेज अप्सन मात्र उपलब्ध गराएको छ।
फास्ट चार्जिङ्ग सपोर्ट गर्ने फोनमा ४६०० एमएएच ब्याट्री प्याक राखिएको छ। यस बाहेक फोनमा अण्डर डिस्प्ले फिंगरप्रिन्ट सेन्सर, एनएफसी, ब्लूटूथ ५.२ भर्सन, वाईफाई ६लगायतका फिचरहरु रहेका छन्।
प्रकाशित: ११ चैत्र २०७८, शुक्रबार