मोजिल्लाद्वारा सशुल्क सब्स्क्रिप्शन उत्पादन एमडीएन प्लस सार्वजनिक

  • Technology Khabar | ११ चैत्र २०७८, शुक्रबार
मोजिल्लाद्वारा सशुल्क सब्स्क्रिप्शन उत्पादन एमडीएन प्लस सार्वजनिक

काठमाडौं ।

मोजिलाले सशुल्क सब्स्क्रिप्शन उत्पादन एमडीएन प्लस सार्वजनिक गरेको छ।

कम्पनीले हालै रिडिजाइन गरिएको मोजिला डेभलपर नेटवर्क एमडीएनबाहेक नै यो प्लस भेरियन्ट सार्वजनिक गरेको टेकक्रन्चले जनाएको छ।

एमडीएन सीएसएस, एचटीएमएल तथा जाभास्क्रिप्टलगायतका वेब प्रविधिसम्बद्ध कोडका नमूना तथा दस्तावेजहरु पाइने वेबको एउटा सबैभन्दा चर्चित गन्तव्य भएको बताइएको छ।

उक्त नयाँ सब्स्क्रिप्शनमा नोटिफिकेशन, कलेक्शन तथा एमडीएन अफलाइनजस्ता फिचर रहने टेकक्रन्चले उल्लेख गरेको छ।

यस अन्तर्गत सशुल्क योजनाको निशुल्क लिमिटेड भर्सन एमडीएन कोर, नोटिफिकेशन र कलेक्सनसहितको एमडीएन प्लस ५ तथा प्रतिमहिना ५ डलर वा प्रतिवर्ष ५० डलर बराबरको एमडीएन अफलाइन रहने बुझिएको छ।

प्रकाशित: ११ चैत्र २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...