
काठमाडौं ।
‘एजीएम मोबाइल’ स्मार्टफोन निर्माता कम्पनी हो र यो रग्ड बलियो स्मार्टफोन बनाउनका लागि परिचित छ। कम्पनीले धेरै बाहिरी गतिविधि गर्ने र हरेक अवस्थामा टिक्ने स्मार्टफोन चाहने प्रयोगकर्ताहरूका लागि यो डिभाइस उपलब्ध गराउँछ।
एजीएम मोबाइलले आफ्नो नयाँ स्मार्टफोन एच५ घोषणा गरेको छ । यसलाई विश्वको पहिलो ‘स्टक एन्ड्रोइड १२’ रग्ड स्मार्टफोन भनिन्छ। स्टक एन्ड्रोइड भनेको एन्ड्रोइड अपरेटिङ सिस्टमको मौलिक अनुभूति हो, जसमा कुनै अन्य आन्तरिक ओएस तह छैन। एच५ स्मार्टफोन अप्रिलदेखि खरिदका लागि उपलब्ध हुनेछ। यो फोनमा केहि यस्ता फिचरहरु छन्, जुन तपाईले अन्य कुनै पनि डिभाइसमा पाउनुहुनेछैन ।
एच५ स्मार्टफोनको पहिलो प्रमुख विशेषता भनेको १०९ डीबी क्षमताको फोन स्पिकर हो। यो बजारमा सबैभन्दा ठूलो फोन स्पिकर हो। एच५ स्मार्टफोनको स्पिकरको आवाज यति ठूलो हुनेछ कि प्रयोगकर्ताले एउटा नोटफिकेसन पनि नछुटाउने कम्पनीले जनाएको छ।
यो स्मार्टफोन मार्च १५ देखि अप्रिल १८ सम्म प्रि-अर्डरको लागि उपलब्ध छ। कम्पनीले एजीएम बड्स र चार्जिङ डक पनि पहिलो प्रि-अर्डर गर्ने प्रयोगकर्ताहरूलाई १५% सम्म छुटमा प्रदान गर्दैछ। पछि प्रि-बुकिङ गर्नेलाई ५ प्रतिशतसम्म मात्र छूट दिईने बताईएको छ। एजीएम एच५ स्मार्टफोन दुई र्याम र भण्डारण विकल्पहरूमा ल्याइएको छ। ४जीबी/६४जीबी भेरियन्टको मूल्य २६९ डलर र ६जीबी/ १२८जीबी भेरियन्टको मूल्य २२९ डलर तोकिएको छ।
एजीएम एच५ स्मार्टफोन नवीनतम एन्ड्रोइड ओएस १२ मा चल्छ। यो रग्ड स्मार्टफोनको सन्दर्भमा सबैभन्दा नयाँ हो। यसको कारण, प्रयोगकर्ताहरूले नवीनतम सफ्टवेयर र सुरक्षा अपडेटहरू प्राप्त गर्छन्।
यो फोनले आईपी६८, आईपी६९के र एमआईएल-एसटीडी-८१०एच प्रमाणपत्रहरू पाएको छ। यसको अर्थ यो स्मार्टफोन डेढ मिटरको उचाइबाट खसे पनि सुरक्षित रहनेछ। एजीएम एच५ फोन धुलोबाट हुने क्षतिबाट ९९ प्रतिशत सुरक्षित हुनेछ र डेढ मिटर गहिराइसम्मको पानीमा डुब्दा पनि ३० मिनेटसम्म सुरक्षित रहनेछ । स्थायित्वको सन्दर्भमा, प्रसिद्ध ब्रान्डहरू यति धेरै मेल खाँदैनन्।
कम्पनीले यसमा एरामिड(ARAMID) जस्तो ब्याक शिल्ड राखिएको दाबी गरेको छ। “एजीएम एच५ को पछाडिको कभर एरामिड फाइबर जस्तै बनाइएको छ, जुन एयरोस्पेस इन्जिनियरिङ र सैन्य उपकरणहरूको लागि प्रयोग गरिने बुलेटप्रूफ सामग्री हो। यसले एक अद्वितीय र स्मूथ बनावट दिन्छ। यसले एच५ को बाहिरी आवरणलाई स्क्र्याचहरू विरुद्ध कडा बनाउँछ,” कम्पनीले भनेको छ।
तर परफरमेन्सको हिसाबले यो औसत फोन हो। फोनमा मिडिया टेकको हेलियो जी३५ प्रोसेसर छ, जसका कारण ५जी कनेक्टिभिटी सपोर्ट पनि गर्दैन। फोनमा ड्यूल नानो सिम ट्रे र ईयरफोन ज्याक दिईएकोछ।
फोनका अन्य सुविधाहरूको बारेमा कुरा गर्दा, एजीएम एच५ मा ७,००० एमएएचको ब्याट्री छ। फोनमा ६.५२ इन्चको एलसीडी ५-पोइन्ट मल्टि-टच डिस्प्ले छ। यो डिभाइसमा २० एमपी नाइट भिजन क्यामरा, ४८ एमपी मुख्य सेन्सर र २० एमपी फ्रन्ट क्यामरा रहेको छ। यो यन्त्रले एनएफसीलाई पनि समर्थन गर्दछ। यसको ढुवानी अप्रिल १८ बाट सुरु हुनेछ।
प्रकाशित: ११ चैत्र २०७८, शुक्रबार