इन्टेलसँग मिलेर चिप निर्माण गर्न एनभिडियाका सीईओ इच्छुक

  • Technology Khabar | ११ चैत्र २०७८, शुक्रबार
इन्टेलसँग मिलेर चिप निर्माण गर्न एनभिडियाका सीईओ इच्छुक

काठमाडौं ।

एनभिडिया कर्प इन्टेल कर्पसँग मिलेर चिप उत्पादनमा लाग्न इच्छुक देखिएको छ।

कम्पनीका सीईओ जेन्सेन ह्वाङले बुधबार पत्रकारहरुसँग कुरा गर्दै यस्तो विचार व्यक्त गरेका रोयटर्सले जनाएको छ।

‘उनीहरु हाम्रा फाउन्ड्री प्रयोग गरेर चिप उत्पादन गर्न इच्छुक छन्। हामी पनि यो अवसरका लागि निकै आतुर छौं’, ह्वाङले भने।

तर उनले हाल आपूर्ति श्रृङ्खला एकीकृत गर्नमा केन्द्रित भएकाले फाउन्ड्रीका बारेमा हुने छलफल लामो समयसम्म चल्न सक्ने पनि उल्लेख गरे।

सधैं आफैले डिजाइन गरेका चिप बनाउँदै आएको इन्टेलले गत वर्ष अरुले डिजाइन गरेका चिप बनाउनेतर्फ आफ्नो व्यवसाय विस्तार गर्ने योजना बनाएको थियो।

यसै अनुरुप उसले अमेरिका तथा यूरोपमा खर्बौं लगानीमा चिप फाउन्ड्रीहरु निर्माण गर्न परियोजनाहरु पनि घोषणा गरेको छ।

प्रकाशित: ११ चैत्र २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार