सेवा शुल्क बढाउँदै इलन मस्कको इन्टरनेट कम्पनी स्टारलिंक

  • Technology Khabar | १० चैत्र २०७८, बिहीबार
सेवा शुल्क बढाउँदै इलन मस्कको इन्टरनेट कम्पनी स्टारलिंक

काठमाडौं ।

इलन मस्कको अन्तरिक्ष इन्टरनेट कम्पनी स्टारलिंकले आफ्ना सेवाहरुको मूल्यवृद्धि गर्ने भएको छ।

यूक्रेन-रुस युद्धका कारण अमेरिका लगायत थुप्रै देशहरुमा ग्यास तथा पेट्रोलियम पदार्थको भाउ बढिरहेका बेला स्पेसएक्सले पनि आफ्नो इन्टरनेट सेवाको मूल्य वृद्धि गर्न लागेको इन्ग्याजेटले जनाएको छ।

‘मुद्रास्फीतिको स्तर निकै बढेका कारण स्टारलिंक किटको मूल्य आजैदेखि लागू हुनेगरी डिपोजिट राख्नेहरुलाई ४९९ बाट ५४९ तथा सबै नयाँ अर्डरका हकमा ५९९ डलर पुर्याइएको छ’,स्टारलिंकले इन्ग्याजेटलाई फर्वार्ड गरेको एउटा ईमेलमा भनिएको छ।

यसबाहेक उक्त पत्रमा स्टारलिंकको मासिक शुल्क पनि ९९ बाट ११० डलर पुर्याइएको र यो नयाँ शुल्क आगामी अप्रिल २२ देखि लागू हुने जनाइएको छ।

प्रकाशित: १० चैत्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार