नेशनल बैंकिङ्ग इन्ष्टिच्युटसँग एभरेष्ट बैंकले “अपरेशन रिस्क मेनेजमेन्ट सिस्टम” सफ्टवेयर लिने

  • Technology Khabar | १० चैत्र २०७८, बिहीबार
नेशनल बैंकिङ्ग इन्ष्टिच्युटसँग एभरेष्ट बैंकले “अपरेशन रिस्क मेनेजमेन्ट सिस्टम” सफ्टवेयर लिने

काठमाडौं ।

नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लिमिटेड(एनबीआई) र एभरेष्ट बैंक लिमिटेडले चैत ७ गते सहकार्य गर्ने सम्झौता गरेका छन्।

सम्झौताअनुसार एनबीआईले एभरेष्ट बैंकलाई अपरेशनल रिस्क मेनेजमेन्ट सफ्टवेयर (ओएमआरएस) उपलब्ध गराउने छ।

यो सफ्टवेयरले तथ्याङ्कहरुको आन्तरिक नोक्सानीहरुको सूचना उपलब्ध गराउन मद्वत गर्ने साथै बैंकमा हुन सक्ने महत्वपूर्ण जोखिम संकेत र तिनीहरुको नियन्त्रण, विश्लेषण र व्यवस्थापन गर्न सहजीकरण गर्नेछ। यो सफ्टवेयरले बासेल–३ बमोजिमका संचालन जोखिमहरुलाई नियन्त्रण गरी व्यवस्थापन गर्ने बताईएको छ।

यो सम्झौतामा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग र एनबीआईका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरे ।

उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत खालिङ्गले एनबीआईले यस्ता किसिमका बैंकिङ्ग व्यवस्थालाई मजबुत र सुरक्षित गराउने उपयोगी औजारहरुको खोज र विकास गरि सहयोग गर्ने विश्वास व्यक्त गरे।

प्रकाशित: १० चैत्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...