
काठमाडौं ।
यूक्रेन सकरकारले मृत रुसी सैनिकको पहिचानका लागि फेसियल रिकग्निशन प्रविधिको प्रयोग गरिरहेको छ।
हालै यूक्रेनका उप-प्रधानमन्त्रीले युद्धका क्रममा मृत्यु भएका रुसी सैनिकको पहिचान गरि सम्बन्धित आफन्तलाई खबर गरिदिनका लागि फेसियल रिकग्निशन प्रविधिको प्रयोग भइरहेको बताएका हुन्।
यूक्रेनको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रोयटर्सले यो प्रविधि न्यूयोर्कमा रहेको क्लियरभ्यू एआई नामक संस्थाको प्राविधिक सहयोगमा भइरहेको हो।
उक्त संस्थाले वेबसाइटमा रहेका फोटोसँग युद्धमैदानमा रहेका मृतक सैनिकको अनुहारसँग तुलना गरेर उनीहरुको पहिचान गर्ने गरेको बताइएको छ।
शुरुमा भने यो प्रविधिलाई कसरी प्रयोग गर्ने भन्ने स्पष्ट नभएको समाचारमा उल्लेख छ।
उप-प्रधानमन्त्री तथा डिजिटल परिवर्तनमन्त्री मिखाइलो फेदोरोभले यूक्रेनले सामाजिक सञ्जालका फोटोहरुमार्फत् मृत रुसी सैनिकको पहिचानका लागि क्लियरभ्यू एआईको प्राविधिक सहयोग लिइरहेको प्रस्ट पारेका रोयटर्सले लेखेको छ।
यसरी पहिचान भएका मृत सैनिकका परिवारलाई सम्बन्धित परिवारले खबर गरेर शव संकलनका लागि जानकारी दिने गरेका बुझिएको छ।
प्रकाशित: १० चैत्र २०७८, बिहीबार