रुकुम पश्चिममा विद्युतीय राहदानी वितरण सुुरु

  • Technology Khabar | १० चैत्र २०७८, बिहीबार
रुकुम पश्चिममा विद्युतीय राहदानी वितरण सुुरु

काठमाडौं ।

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जिल्लाबाटै विद्युतीय राहदानी अर्थात ई–पासपोर्ट बनाउन सुरु गरेको छ। सर्वसाधारणलाई सहज र छिटोका लागि जिल्लाबाटै उक्त सेवाको सुरुवात गरिएको हो।

विद्युतीय राहदानीका लागि अहिले फाराम सङ्कलनको काम भइरहेको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बताए। उनकाअनुसार गत आइतबार देखि उक्त सेवा सुरु गरिएको छ। राहदानीका लागि काठमाडौँ जानुपर्ने बाध्यता हल गर्न ई–पासपोर्ट अवधारणा ल्याइएको उनले जनाए ।

यो व्यवस्थाले राहदानी बनाउनेका समय र पैसा बचत हुनेछ।आवेदन पेस भएको करिब १५ दिनभित्र राहदानी पाउने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

विद्युतीय राहदानीका लागि जिल्ला प्रशासन कार्यालयबाट अनलाइन फाराम भर्नेर कागजात सिष्टममा अपलोड गर्नुपर्ने हुन्छ। तोकिएका कागजातसहित राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएको छ। विद्युतीय राहदानी दर्ताका लागि सेवाग्राही आफैँले पनि अनलाइन दर्ता गर्न सक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

लामो समयसम्म प्रयोगमा रहेको हस्तलिखित पासपोर्टलाई विस्थापित गरेर एमआर पी लागू गरेको राहदानी विभागले त्यसको झन्डै ११ वर्षपछि ई-पासपोर्ट प्रयोगमा ल्याएको हो।

विभागले दिने राहदानीमा विद्युतीय चिप्स हुने र त्यसमा सम्बन्धित व्यक्तिका विवरण समाविष्ट गरिएको कार्यालयले जानकारी गराएको छ । एमआर पीको तुलनामा ई–पासपोर्ट बढी विश्वसनीय र सुरक्षित हुने बताइएको छ। गोरखापत्रबाट

प्रकाशित: १० चैत्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार