ट्विटरमा आईओएस प्रयोगकर्ताले क्यामरा एपबाटै जीआईएफ बनाउन सक्ने, यस्तो छ तरिका

  • Technology Khabar | १० चैत्र २०७८, बिहीबार

काठमाडौं ।

माइक्रो ब्लगिङ साइट ट्विटरले अन्य सामाजिक सञ्जाल प्लेटफर्महरू जस्तै लगातार आफूलाई अपडेट गरिरहेको छ। भर्खरै ट्विटरले आईओएस एप प्रयोगकर्ताहरूको लागि नयाँ सुविधा थपेको छ।

यो सुविधा अन्तर्गत, तपाइँ इन-एप क्यामराको साथ जीआईएफ (GIF) सिर्जना गर्न सक्नुहुन्छ। यो नयाँ फिचरको विशेष विशेषता भनेको तपाईले कुनै पनि लामो भिडियो अपलोड नगरी छोटो क्लिपहरू सेयर गर्न सक्नुहुन्छ।

यो फिचर हाल ट्विटरले केवल एप्पलका प्रयोगकर्ताहरुका लागि मात्र उपलब्ध गराएको छ।

यसरी बनाउनुस् जीआईएफ

यदि तपाइँ पनि ट्विटरमा यो सुविधा प्रयोग गर्न चाहनुहुन्छ भने, तल दिइएको सुझावहरू पालना गर्नुहोस्।

  • सबैभन्दा पहिले आफ्नो आईओएस मोबाइलमा ट्विटर खोल्नुहोस्।
  • यसपछि, नयाँ ट्वीट गर्न दिइएको विकल्पमा क्लिक गर्नुहोस्।
  • त्यस पछि फोटो आइकनमा क्लिक गर्नुहोस्।
  • अब फोटोको लागि क्यामरा आइकनमा क्लिक गर्नुहोस्। यसपछि, जीआईएफ मोडमा हुँदा, रेकर्ड बटन थिच्नुहोस्। अब तपाइँको जीआईएफ सिर्जना हुन सुरु हुनेछ।
  • यद्यपि, तपाइँले यसलाई डाउनलोड गर्न र अन्य जीआईएफहरू जस्तै सेयर गर्नका लागि प्रयोग गर्न सक्नु हुन्न्।
  • जब तपाइँ ट्विटरमा राइट क्लिक गर्नुहुन्छ, यसले जीआईएफ लिङ्क कपी गर्ने विकल्प दिन्छ।

ध्यान राख्नुहोस् कि यो सुविधा अहिलेको लागि आईओएसमा मात्र उपलब्ध हुनेछ। चाँडै यो सुविधा एन्ड्रोइडमा पनि आउनेछ।

एन्ड्रोइडमा यो फिचर कहिले ल्याउने भन्ने बारे कम्पनी व्यवस्थापनलाई सोध्दा उनीहरुले एन्ड्रोइडमा आउने मिति भने तय नभएको तर एन्ड्रोइडमा पनि रिलिज हुने पक्का भएको बताएका छन्।

प्रकाशित: १० चैत्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार

केयुमा ‘आइटी–मिट’को आयोजना

  • Technology Khabar
  • ९ पुष २०८२, बुधबार