एलजी इनर्जी सलुसनले स्टेलान्टिससँग मिलेर क्यानडामा ब्याट्री उद्यम सेटअप गर्ने

  • Technology Khabar | १० चैत्र २०७८, बिहीबार
एलजी इनर्जी सलुसनले स्टेलान्टिससँग मिलेर क्यानडामा ब्याट्री उद्यम सेटअप गर्ने

काठमाडौं ।

दक्षिण कोरियाली ब्याट्री कम्पनी एलजी इनर्जी सलुसन लिमिटेड (एलजीईएस) ले बुधबार क्यानडामा स्टेलान्टिस एनभीसँग संयुक्त उद्यम स्थापना गर्न १.५ अर्ब डलर लगानी गर्ने योजना बनाएको छ।

एलजी इनर्जी सलुसनसँग ५१ प्रतिशत संयुक्त उद्यमको स्वामित्व छ,र  अस्थायी रूपमा “एलजीइएस एसटीएलए जेभी (LGES-STLA JV) नाम दिइएको छ र यसमा स्टेलान्टिसको ४९ प्रतिशत स्वामित्व रहेको एलजी इनर्जी सलुसनले नियामक फाइलिङमा उल्लेख गरेको रोयटर्सले जनाएको छ।

अक्टोबरमा, एलजी इनर्जी सलुसन र स्टेलान्टिस एनभीले २०२४ को पहिलो त्रैमासिकसम्म उत्पादन सुरु गर्ने र वार्षिक ४० गिगावाट घन्टा ब्याट्री उत्पादन गर्ने लक्ष्य राख्दै विद्युतीय सवारी (ईभी) ब्याट्री उत्पादन गर्ने संयुक्त उद्यममा काम शुरु गरेका थिए।

छुट्टै नियामक फाइलिङमा, एलजी इनर्जी सलुसनले संयुक्त राज्य अमेरिकामा ईभी स्टार्टअपहरूको मागलाई प्रतिक्रिया दिन ‘ईएस अमेरिका’मा ५४ करोड २० लाख बराबरको हिस्सेदारी प्राप्त गर्ने योजना बनाएको बताएको छ।

एलजीईएसले अमेरिकामा माग पूरा गर्न एरिजोनामा कारखाना निर्माण गर्ने विचार गरिरहेको छ। सो प्लान्टले मुख्य रूपमा बेलनाकार अर्थात सिलिन्ड्रिक ब्याट्री सेलहरू उत्पादन गर्ने अपेक्षा गरिएको छ।

एलजीईएसको मिशिगनमा आफ्नै कारखाना छ र ओहायो र टेनेसीमा जनरल मोटर्ससँग दुई ब्याट्री संयुक्त उद्यमहरू छन्।

प्रकाशित: १० चैत्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...