राउटर खपत बढ्दो, एक महिनामै भित्रिए ४२ करोड रुपैयाँभन्दा धेरैका डिभाइस

  • Technology Khabar | १० चैत्र २०७८, बिहीबार
राउटर खपत बढ्दो, एक महिनामै भित्रिए ४२ करोड रुपैयाँभन्दा धेरैका डिभाइस
सांकेतिक तस्विर

काठमाडौं ।

-साजन सुवेदी

नेपालमा यो आर्थिक वर्षको शुरुवाती ८ महिनामा ३ अर्ब १७ करोड ७९ लाख ९८ हजार रुपैयाँ बराबरको राउटर आयात भएका छन्।

यो आँकडा अघिल्लो महिना अर्थात् माघ मसान्तसम्म २ अर्ब ७४ करोड ९६ लाख ९० हजार रुपैयाँ बराबर थियो।  यसरी हेर्दा १ महिनाको अवधिमा ४२ करोड ७३ लाख ७ हजार रुपैयाँ बराबरका राउटर थपिएका देखिन्छ।

देशभित्र इन्टरनेट सेवाको बिस्तार र पहुँच बढेसँगै राउटरको आयातमा वृद्धि हुने क्रममा निरन्तर वृद्धि हुँदै गएको देखिएको छ। अनलाइन कक्षा तथा वर्क फ्रम होमका बेला खपत बढ्न शुरु भएको यो डिभाइसको माग तथा आयात त्यसयता बढ्दो क्रममा रहेको छ।

भन्सार विभागले हालै अद्यावधिक गरेको आर्थिक वर्ष २०७८/७९ को फागुन मसान्तसम्मको आँकडा अनुसार नेपालमा ९ लाख ४२ हजार ८०७ ओटा राउटर भित्रिएका छन्।

यीमध्ये सबैभन्दा बढी चीनबाट ३ अर्ब ७ करोड ८० लाख १९ हजार रुपैयाँ बराबरको ९ लाख १९ हजार ४३० ओटा राउटर आयात पाइएको छ।

यसपछि अमेरिकाबाट ४ करोड ७६ लाख १० हजार बराबरको ११,४३७ थान, अस्ट्रेलियाबाट १ करोड ३२ लाख ७० हजार रुपैयाँ बराबरको ३ हजार ६०२, लिथुआनियाबाट ३५ लाख ५८ हजार बराबरको २ हजार २५० ओटा, बेल्जियमबाट ६२ लाख ६५ हजार बराबरको १,७०० थान,  ताइवानबाट १ करोड ४२ लाख १२ हजार बराबरको १ हजार ९६३ ओटा राउटर आयात भएको तथ्याङ्क छ।

यसैगरी भारतबाट १७ लाख ७ हजार बराबरको ६१४ थान, भियतनामबाट २१ लाख २७ हजार बराबरको ३९० थान, लात्भिया बाट ८७ लाख ७४ हजार बराबरको ३८३ थान राउटर भित्रिएको देखिन्छ।

यसबाहेक मलेसियाबाट जर्मनी, हङकङ, जापान कोरिया लाओस मलेसिया थाइल्याण्ड यूएई र बेलायतबाट ६१ हजार देखि २ हजार रुपैयाँसम्मका १४ देखि १ थानसम्म परिमाणका राउटर आयात भएको तथ्याङ्क छ।

प्रकाशित: १० चैत्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया