
काठमाडौं ।
यातायात व्यवस्था विभागको सर्भरहरूमा समस्या आएसँगै सबै सेवाहरु बन्द गरिएको छ। विभागले विद्युतीय समस्या देखिएको भन्दै आज दिउँसो ५ बजेपछि सेवा बन्द हुने जनाएको छ ।
विभागका प्रवक्ता लोकनाथ भुसालकाअनुसार सर्भरहरूमा विद्युतीय समस्या देखिएको भन्दै आज अपरान्ह ५ बजेदेखि समस्या समाधान नभएसम्म सेवा बन्द गर्ने निर्णय गरिएको हो।
सर्भरहरूमा देखिएको समस्या समाधान भएपछि मात्रै यातायात कार्यालयहरूले सेवा दिन सुरू गर्ने उनले जानकारी दिए।

प्रकाशित: ९ चैत्र २०७८, बुधबार