
काठमाडौं ।
बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले गाडीको भाडा भुक्तानीका लागि सेवा प्रदायक छनौट गर्ने भएको छ।
यसको लागि मन्त्रालयले भुक्तानी प्रणालीमार्फत भाडा भुक्तानी गर्ने सेवा दिने कम्पनीहरुलाई आवेदन दिन भनेको छ।
मन्त्रालयले बागमती प्रदेश भित्रका यात्रुबाहक सार्वजनिक सवारी साधनमा नगदरहित विद्युतीय भुक्तानी प्रणालीमार्फत प्रिपेड कार्डबाट भाडा भुक्तानी गर्ने व्यवस्था गराउन लागेको हो।
यसको लागि सेवा प्रदायक कम्पनीहरुलाई ३० दिनभित्र प्रस्तावसहितको निवेदन दिन भनेको छ।
मन्त्रालयले यसअघि नै अनलाइन तथा डिजिटल भाडा भुक्तानीका लागि प्रदेश भाडा निर्धारण/समायोजन तथा विद्युतीय माध्यमबाट भाडा भुक्तानी नियमावी २०७८ स्वीकृत गरिसकेको छ।
प्रकाशित: ९ चैत्र २०७८, बुधबार