
काठमाडौं ।
एनभिडिया कर्पले मंगलबार नयाँ चिप तथा प्रविधिहरु सार्वजनिक गरेको छ।
यी नयाँ उत्पादन तथा प्रविधिहरुले आर्टिफिसियल इन्टेलिजेन्स अल्गोरिदमका माध्यमबाट कम्प्युटिङ स्पीड वा कम्प्युटरको कार्यक्षमता बढाउने बताइएको छ।
यसबाहेक यी चिपहरुले डाटा सेन्टर व्यवसायमा लागेका प्रतिस्पर्धी चिप निर्माताहरुलाई राम्रै टक्कर दिने रोयटर्सले जनाएको छ।
कम्पनीले नयाँ जीपीयू ग्राफिक चिपको विवरण उपलब्ध गराउँदै यो एआई पूर्वाधारको मेरुदण्ड हुने बताएको छ। त्यस्तै बेलायती चिप निर्माता आर्म लिमिटेडको प्रविधिमा आधारित ग्रेस सीपीयू सुपरचिप नामक एच१०० पनि ल्याएको छ।
एनभिडियाले आफ्नो नयाँ सुपरकम्प्युटर ईओएस पनि सार्वजनिक गरेको छ जुन विश्वकै सबैभन्दा तीव्र एआई सिस्टम भएको कम्पनीले दावी गरेको छ।
‘डाटा सेन्टरहरु एआई फ्याक्ट्री बनिरहेका छन् जहाँ इन्टेलिजेन्स उत्पादनका लागि अनगिन्ति डाटा प्रशोधन तथा सुधार गरिन्छन्’, एनभिडियाका सीईओ जेन्सन हुआङले कम्पनीको एआई डेभलपर कन्फ्रेन्समा भने।
उनले एच१०० चिप एआई पूर्वाधारको इन्जिन भएको पनि दावी गरेको रोयटर्समा उल्लेख छ।
प्रकाशित: ९ चैत्र २०७८, बुधबार