सिद्धार्थनगर नगरपालिकामा विद्युतीय भुक्तानी सेवा सुरु

  • Technology Khabar | ९ चैत्र २०७८, बुधबार
सिद्धार्थनगर नगरपालिकामा विद्युतीय भुक्तानी सेवा सुरु
सांकेतिक तस्बिर
Global IME Bank

काठमाडौं ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा विद्युतीय भुक्तानी प्रणाली सुरु भएको छ। नेपालमै तेस्रो नगरपालिकाका रूपमा यो प्रणाली सुरु भएको हो।

पहिलो सूूर्योदय नगरपालिका इलाम, दोस्रो तानसेन नगरपालिका पाल्पा र तेस्रोमा सिद्धार्थनगर नगरपालिका भएको हो। आईटी प्रविधिमैत्री नगरपालिकाका रूपमा यो नगर अघि बढेको हो।

काम छिटोछरितो र कर्मचारीको कामको बोझ घट्ने अपेक्षासहित प्रणालीको सुरुवात गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले बताए। यो प्रणाली सञ्चालनमा आएपछि चेक काट्नु नपर्ने पनि उनले बताए।

नगरप्रमुख हरिप्रसाद अधिकारी, उपप्रमुख उमा काफ्ले र प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले संयुक्तरूपमा विद्युतीय भुक्तानी प्रणालीको शुभारम्भ गरेका हुन्।

नगरपालिकाले यसै साता राजस्वमा पनि अनलाइन प्रणाली गर्ने गरी तयारी अन्तिम चरणमा पुर्याएको छ। त्यसैगरी यही चैत १५ गतेदेखि घर नक्साको काममा पनि अनलाइन प्रणाली सुरु गर्ने प्रमुख प्रशासकीय अधिकृत मरासिनीले जानकारी दिए। गोरखापत्रबाट

प्रकाशित: ९ चैत्र २०७८, बुधबार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार