काठमाडौं ।
गुगलले आफ्ना पिक्सेल ६ तथा ६ प्रो का लागि मार्च अपडेट जारी गर्न शुरु गरेको छ।
कम्पनीले सपोर्ट गर्ने पिक्सेल फोनका लागि ‘मार्च फिचर ड्रप’ २ हप्ताअघि नै घोषणा गरेको थियो। अब भने अन्य पिक्सेल डिभाइसहरुमा पनि उक्त अपडेट उपलब्ध हुन शुरु भएको हो।
यो नयाँ अपडेटले विशेगगरी २ महिनाअघि आएको वाइ फाइ रिसेप्सनलगायत अन्य समस्या समाधान गर्ने अपेक्षा गरिएको जीएसएमएरिनाले जनाएको छ।
हाल यो अपडेट शुरुमा पिक्सेल ६ तथा ६ प्रोमा रोलआउट गरिएको बुझिएको छ भने सबै एन्ड्रोइड सेटहरुमा आउन थुप्रै दिन लाग्न सक्ने पनि बताइएको छ।
प्रकाशित: ९ चैत्र २०७८, बुधबार