ओपोद्वारा नेपाली बजारमा ओपो ए७६ सार्वजनिक मितब्ययी मूल्यमै ग्लो डिजाइन र उत्कृष्ट कार्य क्षमता सुसज्जित

  • Technology Khabar | ९ चैत्र २०७८, बुधबार
ओपोद्वारा नेपाली बजारमा ओपो ए७६ सार्वजनिक मितब्ययी मूल्यमै ग्लो डिजाइन र उत्कृष्ट कार्य क्षमता सुसज्जित

काठमाडौं ।

विश्वव्यापी रुपमा अग्रणी स्मार्टफोन ओपोले नेपालमा आफ्नो ए सिरिज अन्तर्गत नयाँ स्मार्टफोन ओपो ए७६ सार्वजनिक गरेको छ। ओपो ए७६ले ओपोको स्वामित्वको ओपो ग्लो डिजाइन निर्माण प्रक्रियाको परम्परालाई निरन्तर्ता दिँदै स्टाइलिस तथा टिकाउ उत्पादन पस्केको छ।

ओपो ए७६मा अभुतपूर्व दृश्य अनुभव पस्कने सोचका साथ ६.५६ इञ्चको पञ्च होल स्क्रिनलाई परिस्कृत गर्दै यसमा अझ प्रतिक्रियात्मक ९० हर्ज रिफ्रेश रेट र १८० हज टच स्याम्प्लिङ रेट डिस्प्ले उपलब्ध गरिएको छ।

प्रयोगकर्तालाई उत्पादनमूलक रहन तथा आवश्यकता पर्दा मनोरञ्जन प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यसमा ३३ वाट सुपरभोक चार्जिङ सुविधा सहितको ५ हजार एमएएच क्षमताको ब्याट्री पनि जडान गरिएको छ।

पृथक स्टाइलिश डिजाइन

ओपो ए७६को ग्लो डिजाइन हेर्दा आकर्षक हुनुका साथै बोक्दा पनि उत्तिकै सहज तथा आरामदायी छ। यो फिंगरप्रिन्ट र धुलो प्रतिरोधात्मक पनि छ। ग्लोइङ्ग ब्ल्यू (नीलो) र ग्लोइङ्ग ब्ल्याक (कालो) गरी दूई आकर्षक रंगमा उपलब्ध यो फोन पहिलेका फोनको तुलनामा अझ हल्का, चहकिलो र थप टेक्सचर्ड छ।

ओपो ए७६मा ८९.९% स्क्रिन–टू–बडी रेसियो र पञ्च होल डिस्प्ले डिजाइन सहितको ६.५६ इञ्चको एचडी डिस्प्लेको प्रयोग गरिएको छ। भिडियो हेर्दा तथा गेम खेल्दा सहज तथा आरामदायी अनुभव प्रदान गर्न यसमा अझ प्रतिक्रियात्मक ९० हज रिफ्रेश रेट र १८० हज टच स्याम्प्लिङ रेट डिस्प्ले उपलब्ध गरिएको छ। फोनको साइडमा फिंगरप्रिन्ट सेन्सर दिइएको छ।

फोनको साइडमा दिइएको यो पातलो फिंगरप्रिन्ट सेन्सर र बटन्सले फोनलाई अझ हल्का, पातलो, बोक्दा आरामदायी र हेर्दा थप आकर्षक बनाएको छ।

सहज र दिगो अनुभव प्रदान गर्न अनुकूलित हार्डवेयर तथा सफ्टवेयर
प्रयोगकर्तालाई उत्पादनमूलक रहन तथा आवश्यकता पर्दा मनोरञ्जन प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ ओपो ए७६मा ३३ वाट सुपरभोक चार्जिङ सुविधा सहितको ५ हजार एमएएच क्षमताको ब्याट्रीपनि जडान गरिएको छ।

यसमा रहेको फास्ट चार्जिङ प्रविधिको सहायताले फोनलाई मात्र ५ मिनेट चार्ज गर्दा ३.५ घण्टाको टकटाइम पाउन सकिन्छ। यस फोनका साथमा ओपोले हार्डवेयरका साथै सुपर पावर सेभिङ्ग मोड, सुपर नाइटटाइम स्ट्यान्डबाई र अप्टिमाइज्ड नाइट चार्जिङ लगायत फिचर मार्फत ब्याट्रीको क्षमतामा सुधार दिँदै टिकाउ तथा सुरक्षित प्रयोग अनुभवको सुनिश्चितता प्रदान गरेको छ।

क्वालकम स्न्यापड्रागन ६८० द्वारा सञ्चारित ओपो ए७६ मल्टिटास्किंगका लागि समेत उपयुक्त छ। ६ जीबी+ १२८ जीबी क्षमताका साथमा सार्वजनिक यस फोनमा अतिरिक्त सञ्चय क्षमताको आवश्यकता परेमा यसमा १ टीबी क्षमता सम्मको माइक्रोएसडीको प्रयोग गर्न सकिन्छ।

नयाँ हार्डवेयर परफरमेन्सको फाइदा लिन ओपोले सफ्टवेयर सुदृढीकरण पनि प्रस्तुत गरेको छ। ओपो ए७६मा रहेको कलरओएस ११.१मा समाहित बुलेट स्क्रिन म्यासेज, फ्लेक्सड्रप, थ्री–फिंगर ट्रान्सलेट विथ गुगल लेन्स र परिस्कृत प्राइभेसी फिचर्स लगायतले प्रयोगकर्तालाई सहज र सुदृढ प्रयोग अनुभव प्रदान गर्छ। फोनको प्रयोगमा स्मूथनेसको अनुभव प्रदान गर्न यसमा प्राविधिक अनुकूलनका रुपमा सिस्टम बुस्टरपनि दिइएको छ। साथै, लिंक बुस्ट २.०ले प्रयोगकर्ता बौद्धिकरुपमा कनेक्टेड रहने सुनिश्चितता प्रदान गर्दै न्यून विलम्बताका साथ उच्च गतिको ईन्टरनेटको मज्जा पस्कन्छ।

पोट्रेट फोटोग्राफीमा सुदृढिकरणका लागि क्यामरा अपग्रेड

ओपो ए७६मा १.१२ माइक्रोन र एफ२.० एपर्चर सहितको ८ एमपी फ्रण्ट क्यामेरा दिइएको छ। यसले ३२६४X२४४८ रिजोल्यूशन सहितको पोट्रेट शट्स लिन सकिन्छ। यसमा दिइएको परिस्कृत एआई नेचुरल रिटचिंग ब्यूटिफिकेशन प्रविधिले फ्रन्ट क्यामराका लागि ब्लेमिस रिमुभल उपलब्ध गराई प्रयोगकर्ताका प्राकृतिक फेशियल फिचर्सको जगेर्ना गर्छ। यसका साथमा अब पोट्रेट्स कम प्रकाश भएका स्थानमा समेत चहकिला र स्पष्ट हुन्छ।

फोनको पछाडी रहेका डुअल रियर क्यामरा सेटअपमा माथिल्लो पट्टी १२एमपी एफ२.२ मेन सेन्सर र तल पट्टी सेकेन्डरीका रुपमा २एमपी बोके कयामेरा उपलब्ध गरिएको छ। यो क्यामराले सिक्सएक्स डिजिटल जुम र लगातार २० ओटा कन्टिनुअस ब्रस्ट शट्स सपोर्ट गर्छ। यसमा रहेका फ्रण्ट र रियर दुबै क्यामेराले एचडीआर सपोर्ट गर्छन्। यसले अध्याँरो स्थानमा समेत विवरणको संरक्षण गर्ने क्षमता राख्छ।

बजार उपलब्धता

ओपो ए७६ नेपाली बजारमा ग्लोइङ्ग ब्लु र ग्लोइङ्ग ब्लाकमा ६ जीबी+ १२८ जीबीमा उपलब्ध हुनेछ र यसको बजार मूल्य रु.२९,९९०/- रहने कम्पनीले जनाएको छ।

प्रकाशित: ९ चैत्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार