स्मार्टफोन ब्राण्डले किन आफ्नै चिप बनाउँदैनन्?

  • Technology Khabar | ९ चैत्र २०७८, बुधबार

काठमाडौं ।

स्मार्टफोन उद्योगमा मुट्ठीभरसँग मात्र आफ्नै चिप उपलब्ध छ।

यसबाहेक विश्वका अधिकांश स्मार्टफोन ब्रान्डहरुले सेमिकन्डक्टर चिपका लागि अन्य उत्पादकहरुको भर पर्नु पर्ने हुन्छ।

आफ्नै स्मार्टफोन चिप हुनेहरुमा एप्पल, ह्वावे तथा सामसङजस्ता कम्पनीहरु पर्दछन्। यसबाहेका शाओमीलगायतका अन्य केही ब्राण्डको पनि आफ्नै चिप भए पनि त्यति भरपर्दा छैनन्।

केही समयअघि ओपोले आफ्नै मारिसिलिकन एक्स चिप राखेर ओपो फाइन्ड एक्स५ प्रो नामक फ्ल्यागशिप स्मार्टफोन निकालेको थियो। शाओमीले पनि आफ्नो सर्ज१ पछि कुनै चिप निकाल्न सकेन।

किन निकाल्दैनन् त स्मार्टफोन कम्पनीले आफ्नै चिप?

१. प्रोसेसरहरु जटिल हुन्छन्

एउटै चिपले स्मार्टफोनका ग्राफिक्स, प्रोसेसर, कोडेक सिस्टमलगायतका अनगिन्ति कुराहरुलाई सम्हाल्नुपर्ने भएकाले यिनीहरुको बनावट निकै जटिल हुन्छ। स्मार्टफोन निर्माणमा एकोहोरो लागिरहेका बेला यस्तो जटिल प्रक्रियामा लाग्दा अझ बढी समय र कर्मचारीको आवश्यकता पर्छ। यसै हिसाबले पनि बनिबनाउ चिप राखेर स्मार्टफोन बनाउनु उपयुक्त देख्छन्।

२. प्रोसेसर उत्पादन सोचेभन्दा महंगो हुन्छ


गिजचाइनाका अनुसार चिप निर्माणका क्षेत्रमा आउन चाहने थुप्रै स्मार्टफोन ब्रान्डहरु हाल चिप डिजाइन गर्न सक्ने स्तरमा पनि छैनन्। यसो हुनुमा चिपको प्राविधिक आवश्यकताको कुरा आउनेबित्तिकै अथाह रकम छुट्याउनु पर्ने हुन्छ। यसरी अथाह रकम खर्चेर नयाँ क्षेत्रमा हात हाल्नुभन्दा अन्य कम्पनीको चिप खरिद गरेर स्मार्टफोन बनाउनु उनीहरुका लागि सुरक्षित हुन्छ।

३. सानो सुधारका लागि पनि ठूलो विकास र अनुसन्धान आवश्यक

चिप बनाइसकेपछि परीक्षण र सुझाव अनुसार त्यसमा केही सामान्य मात्र सुधार ल्याउनुपरेमा पनि अनुसन्धान र विकासको लामो प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। चिपका अलग अलग प्रक्रियाका लागि अलग दक्षतायुक्त टोलीको आवश्यकता हुन्छ। यस हिसाबले विज्ञहरुको टोलीलाई लाग्ने तलब तथा अन्य सुविधा बापतको रकम पनि निकै बढी हुन जान्छ।

प्रकाशित: ९ चैत्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया